शुक्रबार, जेष्ठ १९, २०८०

नेपालमा कसैले चाहेर पनि जातीय राज्य बन्न सक्दैन :गगन

 काठमाडौं भाद्र १८,  नेपाली काँग्रेसका युवा नेता एवम् सभासद गगन थापाले सीमाङ्कनमा देखिएको विवाद टुङ्ग्याउन सात प्रदेशको सीमाङ्कनको कामलाई gaganअहिले थाती राखेर भए पनि संविधान घोषणा गर्नुपर्ने बताउनु भएको छ । नेपाली काँग्रेस बेथान गाउँ कार्यसमितिले बिहीबार रामेछापको बेथानमा आयोजना गरेको कार्यक्रमलाइ सम्बोधन गर्दै नेता थापाले सीमाङ्कनको कामलाई बाँकी राखेर संविधान घोषणा गरेर सीमाङ्कनका लागि आयोग बनाउनुपर्ने अभिव्यक्ति दिनु भएको हो ।

त्यस्तै सम्बोधनकै क्रममा नेपालमा कसैले चाहेर पनि जातीय राज्य नबन्ने दाबी प्रस्तुत गर्दै उहाँले संविधानसभाले संविधान जारी गरी तीन महिनाभित्र प्रदेशको सीमाङ्कन टुङ्ग्याएर संविधानसभा विघटन गर्नुपर्ने तर्क गर्नु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ । रामेछाप काँग्रेसका सभापति रामचन्द्र खड्काले अबको अभियान गरिबी, पछौटेपन र अशिक्षाको विरुद्ध हुनुपर्ने बताउनुभएको थियो ।