काठमाडौ आश्विन ९, राजधानीको हनुमानढोका दरवार परिसरमा वर्ष ०७२ को ७:
४५’बजेको शुभ साइतमा इन्द्रध्वजा फहराइएसंग सुरु भएको राष्ट्रिय पर्व इन्द्रजात्राको पहिलो दिन अर्थात शास्तीय मान्यता अनुरुप भगवान बिष्णुले बामन अवतार लिएको दिन भनी वामन द्धादशीको दिन साँझ यसवीचमा दिवंगत भएका आफन्तको नामना दिप प्रज्वलन गरि मृतआत्माको चिरशान्तिको लागि मनाइने उपाको पर्व अर्थात उपाको वनेगु भनी नगर परिक्रमा गर्ने प्रचलन अनुरुपको जात्रा मनाइयो । उपाको पर्वको अवसरमा मजिपातको लाखे नाच किलागलको पुलुंकिसी नाच हलचोकको आकाशभैरव नाच किलागलकै दिनाच भक्तपुरको माहाकाली नाच पनि नचाइएके नचाइन्छ भने हनुमानढोकामा सुनको हाथु भैरव र इन्द्रचोकमा आकाशभैरबको मुर्तिलाइ मन्दिर बाहिर ल्याइ प्रदर्शन गरिएको थियो ।