आइतवार, जेष्ठ १४, २०८०

थारुवान् संयुक्त सङ्घर्ष समितिद्दारा वार्ता टोली गठन

काठमाडौ भाद्र २६,  सीमाङ्कनको विषयलाई लिएर आन्दोलनरत् थरुहट÷थारुवान संयुक्त सङ्घर्ष समितिले सरकारसँग वार्ता गर्नका लागि तीन सदस्यीय वार्ता टोली गठन गरेको छ । समिति सचिवालयको आज बसेको बैठकले सरकारसँग वार्ताको वातावरण बनाउन तीन सदस्यीय वार्ता टोली गठन गरेको थरुहट/थारुवान Press Release 2072-5-26 - 2ndसंयुक्त संघर्ष समितिका संयोजक धनि राम चौधरीद्दारा हस्ताक्षरित विज्ञप्तिमा गठित वार्ता टोलीमा सभासद् एवम् समितिका प्रवक्ता अमन लाल मोदी, राज कुमार लेखी र मिनराज चौधरीलाइ रहनु भएको उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा नयाँ बन्ने संविधानमा थारुवान् संयुक्त सङ्घर्षको मुद्धा संबोेधन नगरेसम्म हाम्रो शान्तिपूर्ण एवम् अहिंसात्मक आमहड्तालको थप कार्यक्रमको समेत घोषणा गर्दै संघर्षको कार्यक्रमलाई अझै सशक्त बनाउदै निरन्तरता दिएको उल्लेख गदै घोषित सर्घषका कार्यक्रम समेत सार्वजनिक गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031