मङ्लबार, जेष्ठ २३, २०८०

  थरुहट तराई पार्टीद्दारा  संविधानसभाको सवै प्रक्रिया बहिष्कारको घोषणा  

  थारु,मधेसी र मगरातलाई पहिचान र अधिकारबाट विमुख बनाउने नियोजित षडयन्त्र गरेको आरोप

काठमाडौ भाद्र २०,  थरुहट तराई पार्टी नेपालले संविधानसभामार्फत नयाँ संविधानमा सदियौँदेखि उत्पीडनमा पारिएका जाति, वर्ग, लिङ्ग र क्षेत्रको पहिचान, Press Release abt  bahiskar 2072-5-20आत्मसम्मान, अधिकार, न्याय र विकासको सुनिश्चितता गर्ने महान् जिम्मेवारी पाएकोमा केही दलका केही नेताहरुले बन्धक बनाउँदै आफैँले गरेका सहमति सम्झौतालाई लत्याएको आरोप लगाएको छ ।

पार्टी अध्यक्ष भानुराम थारुद्दारा हस्ताक्षरमा जारी विज्ञप्तिमा यस्तो आरोप लगाउँदै थरुहट तराई पार्टीले प्रदेशको सीमाङ्कनमा समेत स्वेच्छाचारी निति अवलम्न गरेको र तराईका भूमिपुत्र थारु, मधेसी र मगरात क्षेत्रलाई क्षतविक्षत र खण्डित गर्दै पहिचान र अधिकारबाट विमुख बनाउने नियोजित ifडयन्त्र गरेको उल्लेख गरेका छन ।

त्यस्तै विज्ञप्तिमा प्रमुख तीनदलले जबर्जस्ती संविधान जारी गर्ने प्रक्रियालाई अगाडि बढाएको हुनाले आन्दोलनरत थरुहट÷थारुवान संयुक्त सङ्घर्ष समिति, आदिवासी जनजाति, मधेसी मोर्चाले उठाएका न्यायसङ्गत एवम् जायज माग तथा मुद्दा सम्बोधनको सुनिश्चितता नभएसम्म संविधानसभाको सम्पूर्ण प्रक्रियालाई पार्टीले बहिष्कार गर्ने पनि विज्ञप्तिमा उल्लेख गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031