शनिबार, जेष्ठ २७, २०८०

तराईमा जारी आन्दोलन दिनानुदिन हिंस्रक बन्दै गइरहेको गृहको ठहर

काठमाडौ भाद्र २५, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको अगुवाइमा तराईमा जारी आन्दोलन दिनानुदिन हिंस्रक बन्दै गइरहेको गृह मन्त्रालयले ठहर गरेको छ । आपराधिक व्यक्तिले निषेधाज्ञा उल्लङ्घन गरी घरेलु हतियारले सुरक्षाकर्मीमाथि आक्रमण गर्ने सम्मको हरकत भइरहेको उल्लेख गर्दै गृह प्रवक्ता लक्ष्मीप्रसाद ढकालद्दारा   आज साँझ जारी विज्ञप्तिमा rilij pressआन्दोलनको नाममा शान्ति सुरक्षामा खटिएका सुरक्षाकर्मी र उनीहरुको परिवारलाई यातना दिनेदेखि पेट्रोल छर्किएर हत्या गर्ने कलङ्कजन्य क्रियाकलाप भएको जनाएको छ ।

त्यस्तै विज्ञप्तिमा जनकपुर जलेश्वरमा मधेसी मोर्चाको जत्थाले सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक थमनबहादुर विकमाथि साङ्घातिक आक्रमण गरी घाइते बनाएको र विकलाई उपचारका लागि रेडक्रसको सहयोगमा जनकपुर ल्याउने क्रममा सोनुखडा भन्ने स्थानमा आन्दोलनकारीले एम्बुलेन्समा आगजनी गरी हत्या गरेको उल्लेख गरिएको छ ।

त्यसैगरी आपराधिक व्यक्तिले निषेधाज्ञा उल्लङ्घन गरी घरेलु हतियारले सुरक्षाकर्मीमाथि आक्रमण उत्रेपछि प्रहरीले बल प्रयोग गर्दा प्रदर्शनकारीको मृत्यु भएको जनाउँदै सरकारी तथा सार्जजनिक र निजी सम्पत्तिमाथि आगजनी र सुरक्षाकर्मीमाथि हातहतियार प्रयोग भएको मन्त्रालयले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031