आइतवार, जेष्ठ १४, २०८०

कृषि पत्रकार समाज द्दारा कृषि क्षेत्रमा क्रियाशील विशेष व्यक्तित्व सम्मानित

(तेस्रो स्थापना दिवसको सुभारम्भ गर्नुहुँदै राष्ट्रिय योजना आयोगका माननीय सदस्य डा.भारतेन्द्र मिश्र )

काठमाडौ भाद्र २१ कृषि पत्रकारिताको क्षेत्रमा क्रियाशील पत्रकारहरुको अधिकारलाई स्थागत गर्ने मुल लक्ष्य सहित विगत ३ बर्षदेखि अविराम क्रियाशील कृषि पत्रकार समाजले आज आफ्नो तेस्रो स्थापना दिवस मनाएको छ ।
समाजले स्थापना दिवसको अवसरमा आज राजधानीमा आयोजना गरेको एक विशेष कार्यक्रममा राष्ट्रिय योजना आयोगका माननीय सदस्य डा.भारतेन्द्र मिश्रले कृषि क्षेत्रमा क्रियाशील ५ जना विशेष व्यक्तित्वहरु क्रमस पशु नश्ल सुधारमा योगदान दिए बापत डा. विमलकुमार निर्मल, कफीका भिष्म पितामहका रुपमा चिनिएका ढकेश्वर घिमिरे, कान्तिपुर दैनिकका कृषि पत्रकार सुरज कुँवर, इजयाली प्रविधिमा कृषि कार्य गरिरहेका किसान दिपक पाण्डे र प्रांगारिक कृषि खेती गरिरहेका पुष्कर केसीलाई कृषि सम्मान २०७२ द्धारा सम्मानित गर्दै  समाजको पहलमा प्रकाशित हुँदै आएको कृषि साप्ताहिकको वार्षिक सङगालोको समेत लोकाअर्पण गर्नु भएको थियो ।

समाजका अध्यक्ष बैकुण्ठ भण्डारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा कार्यक्रमका विशिष्ट अतिथी माननीय डा.भारतेन्द्र मिश्रले कृषि प्रधान मुलुक नेपालको कृषि क्षेत्रको विकासका कृषि साप्ताहिकले महत्वपूर्ण योगदान गर्दै आएको बताउँदै कुनै पनि विधागत क्षेत्रको विकासमा सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुँने अभिव्यक्ति दिनु भएको थियो ।

। त्यस्तैगरि उक्त कार्यक्रममा कृषि सचिव उत्तमकुमार भट्टराई उद्योग सचिव जयमुकुन्द खनाल नेपाल पत्रकार महासंघका अध्यक्ष डा .महेन्द्र विष्ट प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्न बहादुर कार्की पशु सेवा विभागका महानिर्देशक एवमे दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक बाबुकाजी पन्त लगायलते बोल्नु भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031