मङ्लबार, जेष्ठ २३, २०८०

कार्यकर्ता रिहाइको माग गर्दै अनिश्चितकालीन पूर्व बन्द

कठमाडौं भाद्र १८,  बन्दका क्रममा पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाइको माग गर्दै सङ्घीय लिम्बूवान पार्टी नेपालले आजदेखि पूर्वमा अनिश्चतकालीन बन्दको limbuwanआह्वान गरेको छ । बन्दको कारण स्थानीय जनजिवन प्रभावित भएको छ ।   बन्दका कारण पूर्वका पाँचथर, ताप्लेजुङ, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, भोजपुर, सङ्खुवासभालगायत जिल्लामा चल्ने लामो तथा छोटो दूरीका यातायातका सवारीसाधन सञ्चालन हुन सकेका छैनन् भने बजार, पसल, कलकारखाना ठप्प रहेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

 तर बन्दको प्रभाव विद्यालयमा भने परेको छैन । संघीय लिम्बुवान पार्टी नेपालले विज्ञप्ति जारी गरी शिक्षण संस्था बन्द नगर्ने जनाएको छ ।  अरुणपूर्वका ९ जिल्लालाई सीमांकन र नामांकनसहित लिम्बुवान राज्य बनाउनुपर्ने लगायतका माग गर्दै आह्वान गरेको गत १४ र १५ को बन्दमा झापाको दमकबाट स्थानीय कार्यकर्ताहरु मिलन बेघा, पुजा चापागाई, भिम राई, रविन लिम्बु, बलबहादुर मगर पक्राउ परेका थिए ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031