शुक्रबार, जेष्ठ १९, २०८०

काँग्रेसको आसन्न १३औं महाधिवेशन अर्को सूचना नभएसम्मका लागि स्थगित

काठमाडौ भाद्र १५,  नेपाली कांँग्रेस केन्द्रीय समितिको आजको बैठकले संविधान निर्माणमा पार्टी केन्द्र व्यस्त रहनुपरेको विशेष परिस्थितिका कारण कांग्रेसको गाउँ, नगर वडा, नगर, क्षेत्र र जिल्ला अधिवेशनका पूर्वनिर्धारित कार्यक्रम स्थगन गर्ने निर्णय गर्दै अधिवेशनसम्बन्धी कार्यक्रम केन्द्रीय कार्य समितिको बैठकले पछि निर्णय गरेबमोजिम हुने मुख्य सचिव ऋषिकेश तिवारीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Nepali_Congressत्यस्तै विज्ञप्तिमा बैठकले संविधान निर्माण प्रक्रियालाई अविलम्ब टुङ्गोमा पु¥याई संविधान घोषणा गराउने कार्यमा एकताबद्ध भई लाग्न कांँग्रेस संसदीय दलका सबै सदस्यलाई निर्देश सहित संविधान निर्माणका समग्र विषयवस्तु संविधानसभाभित्र छलफल गरेर प्रक्रियाबमोजिम टुङ्गोमा पु¥याउनुपर्ने निर्णय गर्दै दलले संविधानसभाभित्र रहेका सबै राजनीतिक दल एवं सभासद्लाई संविधानसभाभित्र रहेर संविधान निर्माणमा आफ्नो महत्वपूर्ण योगदान पु¥याउन आग्रह गरेको छ ।

कैलालीको टीकापुरलगायत देशका विभिन्न ठाउँमा भएका हिंसात्मक घटनाप्रति खेद एवं दुःख प्रकट गर्दै हिंसात्मक घटनामा परी ज्यान गुमाएका नाबालक, प्रहरी अधिकृतलगायत सबैमा श्रद्धाञ्जलि अर्पणका साथ शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारको बन्दोबस्त गर्न एवं तोडफोड र आगजनीबाट भएको भौतिक क्षतिका लागि आर्थिक सहयोग एवं राहत उपलब्ध गराउन सरकारसँग बैठकले माग गरेको छ । कैलाली टीकापुरको घोर अमानवीय हिंसात्मक घटनाका अपराधीमाथि कारबाहीका लागि पार्टीले सरकारसँग माग गरेको छ ।