मङ्लबार, जेष्ठ २३, २०८०

आमरण अनशन तोड्न सरकारको आग्रह

काठमाडौ भाद्र २३, सनातन हिन्दू राष्ट्रको माग गर्दै राष्ट्रिय हिन्दू युवा मञ्चले विगत नौ दिनदेखि राजधानीको खुलामञ्चमा जारी राखेको आमरण अनशन तोड्न सरकारले आग्रह गरेको 2छ ।  सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री डा.मीनेन्द्र रिजालले आज अनशन स्थल पुगी प्रधानमन्त्री सुशील कोइरालाको तर्फबाट अनशनकारीलाई अनशन तोड्न आग्रह गर्नुभएको हो ।

मन्त्री डा रिजालले संविधान लेखन कार्य अन्तिम चरणमा पुगेको र संविधान आवश्यकताअनुसार परिमार्जन गर्न सकिने जिकिर गर्दै संविधानका कारण कसैले पनि धार्मिक आस्था परिवर्तन गर्न नपर्ने बताउँदै उहाँले यही कुरालाई मनन गरी अनशन तोड्न आग्रह गर्न आएको बताउँनु भएको थियो । तर सरकारले हिन्दू राज्य कायम गर्ने सुनिश्चितता नगर्दासम्म राष्ट्रिय हिन्दू युवा मञ्चले आयोजना गरेको आमरण अनशन नतोडिने जनाउँ दिएको प्राप्त समाचारमा उलल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031