काठमाडौ भाद्र २० नेपाल सद्भावना पार्टीले आफूहरुको मागलाई बेवास्ता गर्दै संविधान जारी गर्ने प्रक्रिया अगाडि बढाइएको भन्दै गम्भीर ध्यानकर्षण भएको जनाएको छ । पार्टी अध्यक्ष अनिलकुमार झाले आज जारी गर्नु भएको विज्ञप्तिमा थारुसहितका मधेसी जनताको मागको कुनै सम्बोधन नगरी संविधान जारी गर्न लागेकोले सोको विरुद्ध जारी आन्दोलनलाई सशक्त बनाउनुको विकल्प नभएको उल्लेख गरिएको छ ।