आइतवार, जेष्ठ २१, २०८०

आन्दोलनकारी र प्रहरीवीचको झडपमा प्रहरी हवल्दारको मृत्यु

बर्दिया भाद्र १८,  संयुक्त मधेसी मोर्चाको आह्वानमा विगत २५ दिनदेखि प्राय थप्प रहेको राजधानीबाट आएका रात्रिबसलाई स्कर्टिङ गरेर गन्तव्यस्थलतर्फ पु-bardiya-districtयाउने क्रममा आज बिहान बर्दिया इलाका प्रहरी कार्यालय मैनापोखरीमा आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा आज बिहान एकजना प्रहरी हवल्दारको मृत्यु भएको छ ।

प्रहरीले स्कर्टिङ गरेर गन्तव्यतर्फ पु-याउँदै गरेका बसमा आन्दोलनकारीले अवरोध पु¥याएपछि झडप भएको प्राप्त समाचारमा जनाईको छ । त्यस्तै झडपको क्रममा प्रहरीले केही सेल अश्रुग्याससहित पाँच राउन्ड हवाई फायर गरेको र प्रहरीको गोली लागि दुई प्रदर्शनकारी घाइते भएको उल्लेख गरिएको छ । छन् । घाइतेहरूलाई उपचारका लागि नेपालगन्ज लगिएको प्रहरीलाइ उदृत गर्दै प्राप्त समाचारमा जनाइएको छ ।