शनिबार, जेष्ठ २७, २०८०

आज फेरि पत्रकारमाथि आक्रमण

सिरहा जिल्लालाइ पनि दंगाग्रस्त क्षेत्र घोषणा गरिदै

Yaman Danuwar_Himalayan TV Reporter_Udayapur
(पत्रकार यमन दनुवार)

अजयकुमार साह/ भाद्र २४,  आन्दोलनको फोटो खिच्दै गर्दा आज फेरि पत्रकार माथि आन्दोलनकारीको आक्रमण भएको छ । नेपाल पत्रकार महासंघ शाखा उदयपुरका कार्यसमिति सदस्य एवम् हिमालय टेलिभिजनका उदयपुर सम्बाददाता यमन दनुवारलाई आज विहान आन्दोलनकारीले सिरहाको लहानमा दुब्र्यवहार सहित आक्रमण गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै समाचारमा लहानबजारको सप्तऋषी हस्पिटल नजिकै आन्दोलनकारीहरुको एक समूहले पत्रकार दनुवारलाई पत्रकार हो भन्दै परिचय दिदै गर्दाको अवस्थामा हाम्रो समाचार किन प्रकाशन नगरेको भन्दै आक्रमण गर्नुको अलावा हिमालय टेलिभिजनको एप्रोन, परिचयपत्र, डायरी र कलमसमेत खोसेर च्यात्दै जलाएको उल्लेख गरेका छन ।

त्यसक्रममा आन्द्योलनकारीले स्थानीय संघीय राज्य साप्ताहिकका प्रकाशक सम्पादकसमेत रहेका पत्रकार दनुवारको बा.९ प. ४०३९ नम्बरको यामहा वाईबिएकस मोटरसाईकलसमेत जलाउनृ असफल प्रयास समेत गरेको समाचारमा जनाउँदै आदिबासी जनजाति पत्रकार महासंघ र क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय सदस्य पत्रकार दनुवार माथि भएको प्रस्तुत घटनाको नेपाल पत्रकार महासंघ उदयपुर शाखाले घोर भत्सर्ना सहित पत्रकार सुरक्षाको माग गरेको उल्लेख गरिएको छ ।

यसैवीच सिरहाका प्रमूख जिल्ला अधिकारी मानबहादुर विश्वकर्माले पत्रकारमाथि दुब्र्यवहार भएको जानकारी आफुले पनि पाएको जानकारी दिदै अहिले आन्दोलर्नको नाममा अराजक समूहको घुसपेठ बढेको र त्यहि समूहले पत्रकार लगायत नागरिकमा थि समेत श्रखलावद्धरुपमा आक्रमणको प्रयास गर्दै गरेको जनाउँदै प्रजिअ विस्वकर्माले आन्दोलन अनियन्त्रित बन्दै गएकोले आज दिउसो २ बजेदेखि सो क्षेत्रलाइ दंगाग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय समेत भएको जानकारी दिनुभएको सिरहा जिल्लालाइ पनि दंगाग्रस्त क्षेत्र घोषणा गरिदै

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031