शुक्रबार, जेष्ठ १९, २०८०

आज पुस्तकालय दिवस मनाइदै

काठमाडौ भाद्र १५, विसं १८६९ भदौ १५का दिन तत्कालीन राजा गीर्वाणयुद्धविक्रम शाहले पं केदारनाथ झालाई किताब तहबिलखानाको अध्यक्षको जिम्मेवारी libraryदिदै सुरु गरेको पुस्तकालय अभियानको निरन्तरता अनुरुप पठन पाठनकाृ संस्कृतिको विकासका लागि प्रवद्र्धन गर्न आज ८औं राष्ट्रिय पुस्तकालय दिवस मनाइँदैछ ।

सिंहदरबार मूल ढोकाबाट प्रभातफेरि सहित कमलपोखरी स्थित रुसी सांस्कृतिक केन्द्रमा पुगी सम्मान र प्रवचनलगायत कार्यक्रम गरी दिवस मनाइने शिक्षा मन्त्रालयका सहप्रवक्ता सरस्वती पोखरेलले जानकारी दिनुभयो । दिवस मनाउन मन्त्रालयका सचिव विश्वप्रकाश पण्डितको संयोजकत्वमा मूल समिति गठन गरिएको छ ।