मङ्लबार, जेष्ठ २३, २०८०

आज कुशेऔँसी अर्थात आफ्ना पिताजी प्रति श्रद्धाभाव व्यक्त गरिदै

IMG_5077sjh_roadphotography_kuse aausi_072_@gokarna काठमाडौ भाद्र २७, आज भाद्रकृष्ण औँसी अर्थात देशभरका हिन्दू धर्माबलम्बीहरुले घरघरमा कुश भित्र्याउनुका साथै आफ्ना बुबाको मुख हेर्ने र विभिन्न परिकार खुवाउने प्रचलन छ । सनातन हिन्दू धर्मावलम्बीहरूको पवित्र वनस्पति कुशलाई घरघरमा भित्र्याउँनाले वर्षभरिनै शुभ हुने जनविस्वास रहिआएको छ ।
त्यसोत कुश देवकार्य तथा पितृकार्य दुवैमा प्रयोग गरिने पवित्र वनस्पति हो । कुशलाई शालिग्राम, तुलसी तथा पिपललाई जस्तै भगवान विष्णुका रूपमा पूजा गरिन्छ ।

3618साथै आज बुबाबाट आशिर्वाद प्राप्त गरेमा सुख शान्ति मिल्ने विश्वासका आधारमा विभिन्न कारणले घरबाट टाढा रहेका छोराछोरीले समेत समय निकालेर घरमा पुगी आफ्नो पिताजीलाइ छोरा छोरीहरुले आफ्ना बाबुलाई विभिन्न मिठाई फलफूल भोजन गराई र् मनपर्ने खानेकुरा खुवाउने र नयाँ वस्त्र उपहार दिने प्रचलन रहिआएको छ भने पिताजी नहुनेले भने काठमाडौँ अवस्थित गोकर्णेश्वर महादेव, रसुवाको बेत्रावती, तनहुँको देवघाट, सुनसरीको विष्णुपादुका तथा बराहक्षेत्र लगायतका पवित्र तिर्थस्थल पुगेर स्नान गरी पितृहरूको नाममा श्राद्ध गरी तर्पण दिई दान दिने गर्दछन् । यसो गरेमा मुक्ति नपाएका पितृहरूले पनि मुक्ति पाउँछन् भन्ने धर्मशास्त्रीय मान्यता रही आएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031