बिहिबार, बैशाख ६, २०८१

आयोग र मधेसी मोर्चावीच छलफल,जारी आन्दोलनलाई संयमित बनाउन आग्रह

काठमाडौ भाद्र ६, राष्ट्रिय मानव अधिकार आयोग र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताबीच आज विशेष छलफल भएको छ । 2013-09-16-1379328691छलफलको क्रममा आयोगले एकातार्फ मुलुकमा नयाँ संविधान बन्दै गरेको र अर्कोतर्फ मधेसी मोर्चाको अगुवाइमा भइरहेको आन्दोलनका कारण जनधनको क्षति, मानवअधिकार हनन लगायतका

विषयमा केन्द्रीत रहेको बताइएको छ । त्यस्तै छलफलमा आयोगका अध्यक्ष अनुपराज शर्माले आन्दोलनको लक्ष्यको बारेमा मधेसी मोर्चाका नेतासँग जिज्ञासा राख्दै आन्दोलनलाई थप संयमित र सद्भावपूर्ण बनाउन आग्रह गर्दै गर्दा  तमलोपाका वरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठीले मधेसमाथि सरकारको बदनियत चरित्रका कारण शान्तिपूर्णरुपमा भइरहेको आन्दोलनमा सरकारले निर्ममतापूर्वक दमन गरेको जिकिर गर्नुभएको थियो भने सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले बल र बन्दुकको प्रयोग राज्यले संयमतापूर्वक गर्नुपर्ने भन्दै आफूहरुको आन्दोलन शान्तिपूर्ण रहको बताउनुभएको थियो ।