शुक्रबार, बैशाख ७, २०८१

आयोगले भन्यो-तत्काल बन्दको विकल्प खोजी जनवीवन सहज बनाउँ

काठमाडौं भाद्र ४ ,राष्ट्रिय मानव अधिकार आयोगले नयाँ संविधानमा आफ्ना मागहरु राख्दै जुम्ला, सुर्खेत, सप्तरी, कपिलवस्तु, धनुषा, रुपन्देही, सिरहा, कैलाली, कन्चनपुरलगायतका जिल्लामा भइरहेको बन्दले जनजीवन कष्टकर बन्दै गएकाप्रति गम्भीर ध्यानाकर्षण भएको 2013-09-16-1379328691जनाएको छ । आयोगका सदस्य तथा प्रवक्ता मोहना अन्सारीले जारी गर्नु भएको प्रेस विज्ञप्तिमा बन्दको क्रममा भएका विरोध प्रदर्शन, झडप र भागदौडमा सुर्खेत र सप्तरीमा भएको मृत्युको घटनाप्रति दुःख व्यक्त गर्र्दै मृतकका परिवारप्रति उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सरकारलाई आग्रह गर्नुभएको छ ।

त्यस्तै प्रदर्शनकै क्रममा घाइते भएर अस्पतालमा उपचार गराइरहेकाको निःशुल्क औषधि उपचारको व्यवस्था मिलाउन पनि आयोगले सरकारको ध्यानाकर्षण गराउँदै विज्ञप्तिमा बन्दका क्रममा सवारी साधन नचलेपछि नागरिकलाई आवतजावतमा कठिनाइ भएको, दैनिक रोजगारीलगायत शैक्षिक संस्था, कलकारखाना बन्द हुँदा नागरिकको जनजीवन थप कष्टकर हुँनुको अलावा बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई समेत प्रहरीले कुटपिट गरेकाले यस्तो कार्य नगर्न आयोगले सम्बन्धित पक्षलाई आग्रह गर्दै तत्काल बन्दको विकल्प खोजी त्यसको सम्बोधन गर्न आग्रह गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु