बिहिबार, बैशाख १३, २०८१

सूचनाको हकबाट लाभान्वित हुँन प्रमुख सूचना आयुक्त बास्कोटाको आग्रह

काठमाडौँ भाद्र ३, राष्ट्रिय सूचना दिवसको अवसरमा राष्ट्रिय सूचना आयोग र कीर्तिपुर नगरपालिकाद्वारा संयुक्तरुपमा आज यहाँ आयोजित ‘सूचनाको हक’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले सूचनाको krishna-hari-baskotaहक निर्भिकताका साथ उपयोग गर्न आग्रह सहित सूचनाको हकबाट सबै जनता लाभान्वित हुनुपर्नेमा जोड दिनु भएको छ ।

त्यस्तै उहाँले सूचनाको हक सम्बन्धमा अझै पनि धेरै व्यक्तिमा जानकारी नरहेको चर्चा गर्दै उहाँले त्यसबारे सर्वसाधारण जानकार हुनुपर्ने राज्यका निकायमा भइरहेका काम कारबाही सम्बन्धमा जानकारी राख्न पाउने जनताको अधिकार रहेको उल्लेख गर्दै उहाँले सम्बन्धित निकायले जनतालाई सहजरुपमा सूचना उपलब्ध गराउनुपर्ने जोड दिनु भएको छ ।

त्यस्तै गरि कीर्तिपुर नगरपालिकाका कार्यकारी अधिकृत नरहरि खतिवडा सहित किर्तिपुर नपाका स्थानीय राजनैतिक दलका नेताहरु क्रमस नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं १० का सभापति राजकुमार नकर्मी , एमालेका क्षेत्रीय सदस्य रमेश महर्जन, एमाओवादी) काठमाडौँ क्षेत्र नं १० का इन्चार्ज शम्भुराम महर्जन र मजदुर किसान पार्टीका केन्द्रीय सदस्य नारायण महर्जन लगायतका वक्ताले पनि सूचना र सूचना प्राप्तिका सम्बन्धमा जनताको अधिकारका सवालमा बोल्नु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।