काठमाडौँ श्रावण ३१ , २०७० ज्येष्ठ ४ गते तत्कालीन नेपाल सरकार मुख्यसचिव लीलामणि पौडेलका नेतृत्वमा सुरु गरिएको वाग्मती
सफाइ महाअभियानलाई नवनियुक्त सरकारका मुख्यसचिव डा सोमलाल सुवेदीले पनि निरन्तरता दिनुभएको छ ।
यसैक्रममा वाग्मती सफाइको ११८औँ हप्ता पुगेको अवसरमा शनिवार जोरपाटीको हत्यामोचनघाटदेखि पशुपतिसम्म पाँच किमी दूरीमा जलयात्राको आयोजना गरिएको छ ।
जलयात्रा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यसचिव डा सुवेदीले वाग्मती सभ्यतालाई जोगाउने काममा सहभागी हुन राष्ट्रसेवकलगायत सबैलाई अनुरोध गर्नुभएको थियो ।