बिहिबार, असार २३, २०७९

सम्राटका नयाँ कपडा

pen-copy-gift-150x150-शोभाकर पराजुली 
एकादेशका सम्राट कपडाका निकै सौखिन हुन्छन् । उनलाई एक पटक केही ठगहरूले उनको कमजोरी थाहा पाएपछि उनको दरबारमा जान्छन् र आफूहरू अत्यन्त राम्रा कपडा बनाउन सक्ने बताउँछन् । उनीहरू हीरा, जवाहरात, सुनजडित कपडा बनाउने तर ती कपडा इमान्दारहरूले मात्र देख्ने बताउँदछन् । राजालाई बेइमान पत्ता लगाउन पनि सजिलो हुने हुदाँ यो कुरा मन पर्दछ र उनीहरूलाई कपडा बनाउन भनेर धेरै सुन, हीरा, जवाहरात आदि दिन्छन् । ठगहरूले ती वस्तु लुकाउँदछन् र तानमा काम गरेको जस्तो गर्दछन् । सबैले तानमा केही देख्दैनन् तर बेइमान बनिने डरले कस्ता राम्रा कपडा भन्छन् र राजालाई पनि अत्यन्त राम्रा कपडा भएको सुनाउँदछन् ।

जब राजा जान्छन्, रानी जान्छिन् त केही पनि छैन । ठगहरू काम गरिरहेका छन् । यो कोट, यो पाइन्ट । यो टोप आदि भन्दछन् र हावामा नै
कपडा देखाएको जस्तो गर्दछन् । राजा पनि आफूले बेइमानी गरेका कुराहरू संझेर र सच्चाइ लुकाउनको लागि भनेर आफूसमेत कपडा अत्यन्त राम्रा छन् भन्दछन् । रानीले पनि धेरै झूठा काम गरेकोले नदेखेको हुन सक्ने सोचेर कपडा देखेको बताउँछिन् । पछि कपडा तयार भए भनेर ठगहरूले राजालाई कपडा लगाएर शहर घुमाउने कुरा गर्दछन् । बेइमानले नदेख्ने र इमान्दारले देख्ने कपडा लगाएर राजा रानी शहर घुम्नेबारे शहरमा हल्ला फिँजिएको हुन्छ । मानिसहरू पनि कपडा देखियो भने बेइमान नभएको हुने धुनमा हुन्छन् । राजा नाङ्गै हात्तिमा चढे र  कपडा लगाएको भ्रम ठगहरूले दिएको कारण शहरमा नाङ्गै घुम्छन् । सबैले इमान्दार देखिन राजाका कपडा कति राम्रा भन्दछन् । त्यही क्रममा एउटा सुन्दर बच्चा देखिन्छ । उसलाई राजाले लिन खोज्दछन् । ऊ मुस्किलले बोल्न जान्दै गरेको हुन्छ । उसलाई राजाले कपडा कस्तो लाग्यो भनेर सोध्दछन् । ऊ भन्दछ–तपाइँले त कपडा नै लगाउनु भएको छैन, के राम्रो नि अब रु बेइमानी गर्नै नसक्ने उमेरको बच्चाले त्यसो भनेपछि राजाको होस खुल्दछ । त्यति बेला ठगहरू भागिसकेका हुन्छन् । राजामा लाज बाहेक केही बाँकी रहँदैन

असत्य कुरालाई पनि परिस्थिति र डरले सत्य भन्नु पर्ने अवस्था विश्वमा आउँदो रहेछ । चीनमा माओको रेड बुक पानीमा छुवाएर खुवाएमा सामान्य बिरामी निको हुने गरेको थियो भन्ने सुनिन्छ र एउटा भ्रमको विरुद्धमा नयाँ भ्रम बाहेक त्यो केही रहेन । धर्मलाई नयाँ अफिम भन्नेहरू अफिम खुवाउन थाले । अर्थात् माओ भनेका भगवान नै थिए भन्ने भ्रम दिए ।

बाटो भत्काउने, पुल भत्काउने, बसमा बम हान्ने, मानिस मार्ने, विस्थापित गर्ने, बेपत्ता पार्ने, दुख दिने आदि कार्य गरे पनि अग्रगमन हुने चलन नेपालमा पनि आएको छ । बिरोध गरेमा बेइमान हुने डर छ । चोरे पनि अग्रमन, लुटे पनि अग्रगमन, मानिस मारे पनि अग्रगमन, पुल भत्काए पनि अग्रगमन, पावर हाउसमा बम हाने पनि अग्रगमन, आदि यो कस्तो अग्रगमनको कहाली लाग्दो होड चलेको हो रु जनता डरले बाँच्नको लागि बन्दुकको गोली आफूहरूले खान पर्दैन कि रु भनेर समेत त्यसलाई अग्रगमन मान्न विवश भएका छन् । उनीहरूमा विवेक छैन भन्ने होइन । तर डरले गर्दा उनीहरूको विवेकलाई वाफले ऐनालाई र बादलले सूर्यलाई ढाकेको जस्तो छ ।

कतै नेपाल पनि लोकतन्त्रको अन्तिम अवस्थामा त जाने होइन रु भन्ने पनि देखिइरहेको छ । तर लोकतन्त्र नभएको ठाउँमा जुन कुरा गरे पनि त्यहाँ मानिसको अवस्था भनेको दासको जस्तो हुन्छ । तानाशाही व्यवस्था सैनिकका नाममा भए पनि, राजाका नाउँमा भए पनि वा कम्युनिष्ट आदिका नाममा भए पनि, त्यो जनतामाथिको जन्जीर हो । त्यो जन्जीर जन्जीर नै हो, त्यो पित्तलको होस् वा चाँदीको होस् । जन्जीरको एउटै जात हुन्छ र काम हुन्छ त्यो मानिसको स्वतन्त्रतालाई खतम गर्ने । जेलमा गल्ति गर्नेको स्वतन्त्रता अधिकतर खतम गरिन्छ भन्ने तानाशाही व्यवस्थामा गल्ति गर्नेले जनतालाई अर्थात् गल्ति नगर्नेलाई जन्जीर लगाउने कार्य हुन्छ । त्यस देश जहाँ लोकतन्त्र छैन त्यहाँ जनता सत्तामा बस्नेका दास र सत्तामा  बस्नेहरू पनि विशेषतः कम्युनिष्टहरूको शासनमा उनीहरू पनि विचारका दास हुने कार्य जारी रहनु स्वभाविक मानिन्छ । यद्यपि आर्थिक हिसाबले त्यहाँ मूलभूत रुपमा दुइवटा वर्ग हुन्छन् । शासक (कम्युनिष्ट) र शासित (को रुपमा शासकको तावेदारी गर्नु पर्ने ह��न्छ ।  राजनेता/सर्वहारा) तथा शासकले मोज गर्दछन् र शासितले दासजा वा नेता वा अरु सबै मानिस नै हुन् । उनीहरूमा मानवीय कमजोरी हुन्छन् ।

क्रमश…

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु