बिहिबार, बैशाख १३, २०८१

एक साधु पण्डित…

  pen-copy-gift-150x150–शोभाकर पराजुली

एक साधु पण्डितले क्याम्पसमा पढ्ने र प्रौढहरूलाई आफ्नो कुटीमा पढाउने गरेका रहेछन् । बीस ÷तीस जनालाई पढाउने गरेका साधु अधवैंसे रहेछन् । पढ्नेहरू पनि कतिपय अधवैंसे रहेछन् । पढाउनमा राम्रा र अत्यन्त क्षमतावान् विद्वान साधु ब्रम्हचारी भएकोमा पनि समाजमा ख्याति नै रहेछ । उनी एक्लै बस्दा रहेछन् । बाहिरको हल्ला नआओस् भनेर पढाउँदा उनले ढोका बन्द गरेर पढाउँदा रहेछन् ।

एक दिन उनको कुटीमा पढ्न एक महिला मात्र पुगिछन् । भित्र पसेपछि उनले सधैं जसरी नै ढोका लगाइछन् । साधुले ढोका खोल्नु भनेछन् । महिलाले प्रतिकार गरिछन् कि सधैं लगाउने गरेको ढोका आज किन नलगाउने ? महिला पनि ब्रम्हचारिणी जस्तै मानिंदी रहिछन् । साधुले भनेछन्–यसले गलत सन्देश जान्छ । महिलाले उनको भनाइ बुझेर किन गलत सन्देश जाने ? तपाइँ साधु र म पनि साध्वी जस्तै हुँ । हामीले प्रेमालापसम्वन्धी गल्ति गरेको भन्ने कसैलाई विश्वास  नै हुैदैन । र हामी त्यस्ता पनि छैनौं । साधुले ढोका खोल्दै जवाफ दिएछन् कि–हामी हाम्रो लागि ठीक छौं र अरुलाई गल्ति नदेखिएसम्म पनि ठीक देख्दछौं । तर समाज भनेको हामी मात्र होइनौंं । समाजमा पाप, बेइमानी, काम, क्रोध, लोभ आदि व्याप्त छ । समाजका मानिसहरूले आफूहरू त्यस्तो अवस्थामा रहेमा पनि वा ढोका लगाएर बसेमा के गर्दछन् भन्ने सोचेर अरुको बारेमा पनि धारणा बनाउँदछन् । त्यसैले समाजमा बस्दा हामीले सामाजिक अवस्थालाई पनि बुझ्नु पर्दछ ।

bookढोका खुला राख्नु महत्वपूर्ण व्यवहार हो । समाजका बारेमा कृष्णले भनेको कुरा फेिर सम्झनु उपयुक्त हुनेछ । भन्नु भएको छ कि–लाखौंमा एक जना वास्तविक धर्ममा समर्पित हुन सक्दछ । त्यसमा पनि सही बाटोबाट जान तीमध्ये लाखौंमा एक जना मात्र सफल हुन्छ । सही बाटोबाट पनि सबै कुरामा पोख्त भएर मुक्ति पाउन तिनीहरूमध्ये एक जनाले मात्र सक्दछ । यहाँ उहाँको आसयलाई व्यक्त गर्न खोजिएको हो, अक्षरस ल्याउन होइन । यसको अर्थ यो पनि हो कि समाजमा इमान्दारहरू पनि छन् । उनीहरूलाई हामीले पछ्याउनु पर्दछ र उनीहरूको बाटोलाई अबलंबन गर्नु पर्दछ । तर ती इमान्दारहरुकै आधारमा सम्पूर्ण समाजको परिकल्पना गर्नु पर्दछ वा उनीहरूकै आधारमा सम्पूर्ण समाज र ठूला भनिएकाहरू हामीले बाहिरबाट देख्दा जस्तो देख्दछौं त्यस्तै छन् भन्नुले समाजमा धोका हुन्छ । ती इमान्दारहरूको संख्या हजार होला, अझ बढाउँदा लाख होला, अझ त्यतिले पनि पुगेन भने उनीहरूको संख्या करोड होला । पृथ्वीमा मानिसहरुको संख्या अहिले पनि छ अरब भन्दा बढी छ । मानव सभ्यताको विकास भएदेखि मरेकाहरुको समेत हिसाब गर्दा त्यो खरबौं जनसंख्यामा एक करोड भनेको प्रतिशतमा त नगन्य नै हो ।

त्यसैले समाजमा इमान्दार मानिसहरूको संख्या वास्तवमा कम नै छ भनेर हामी किन नमान्ने ? यसले हामीलाई के बेफाइदा छ ? मानिस आफ्नो स्वार्थको लागि खराब हुने सम्भावना बढी रहने हुँदा उनीहरूलाई गल्ति गर्न नदिने प्रष्ट परिपाटीको विकास किन नगर्ने ? त्यसका लागि ढोका खुला राखौं । सत्ता स्वेच्छाचारी हुन्छ । तानाशाही सत्ता अझ स्वेच्छाचारी हुन्छ । यो मान्यतालाई आत्मसात् गर्नु भनेको मानिसलाई देवता नमानी गल्ति गरेमा विरोध गर्न पाउने, सजाय समेत गर्न पाउने, उसको विचारको ठाउँमा अर्को विचार संगठित हुन पाउने अधिकार दिनु हो । अर्थात् विश्वव्यापी मान्यतामा आधारित पूर्ण लोकतन्त्र ।

क्रमश……..