शनिबार, बैशाख ८, २०८१

पत्रकार योगीले विज्ञप्ति जारी गर्दै भने मैले अहिले सम्म न्याय पाएको छैन

काठमाडौं श्रावण २४, ईमेजमा काममा लगाईदा र गैरकानुनी रुपमा जागिरबाट निकालिँदा समेत पनि मौन बस्ने ईमेज न्यूज एमफएमका

(पत्रकार संदिप योगी)
(पत्रकार संदिप योगी)

संचालक तथा ईमेज च्यानलका समाचार प्रमुख समेत रहेका नेपाल पत्रकार releaseeee 1महासंघका अध्यक्ष महेन्द्र बिष्टका तर्फबाट मेरो ‘पुर्नबहाली भएको’ र मलाई ‘ईमेजमा काम गर्ने वातावरण बनेको’ भन्ने भ्रमपुर्ण सन्देश मिती २०७२–०४–२३ गते सार्बजनिक भएको पाएपछि न्यायका लागि भौतारिरहकेको मेरो पीडामा थप दुख थपिएको पत्रकार योगीद्दारा आज विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै पत्रकार योगीले अन्यायको शिकार हुँदै गर्दा कानुन सम्बत पुर्नबहाली भएको आधिकारिक पत्र र जानकारी नपाएको स्पष्ट पार्दै जिउ ज्यानको समेत खतराबाट प्रताडित हुँदै लुकेर बसिरहेको मलाई न्याय दिन सहयोग नगरे पनि श्रमजिबी पत्रकारको भावना प्रतिकुल वक्तब्य निकालेर मेरो अन्यायमाथि खेलबाड नगर्नुहुन जिम्मेवार नेपाल पत्रकार महासंघ तथा पदाधिकारी लाई आग्रह गरिएको छ । त्यस्तै पुर्नबहाली लगायत श्रमजिबी पत्रकारहरुको अधिकार रक्षाका लागि ईमेजमा कार्यरत श्रमजिबी पत्रकार तथा कर्मचारीहरुले ‘ईमेजकर्मी अधिकार संरक्षण समिति’का रुपमा अनवरत रुपमा भुमिका खेलिरहेकोमा र सबै पत्रकार, संचारकर्मिहरुलाई आभार प्रकट गरिएको छ।

यसैबीच शनिवार नेपाल पत्रकार महासंघका अध्यक्ष डा महेन्द्र विष्टले जारी गर्नु भइको अपिलमा मसमेत कार्यरत रहेको इमेज च्यानलको भगिनी संस्था इमेज एफएममा कार्यरत पत्रकार सन्दीप योगीमाथि यही साउन ११ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मूल गेट अगाडि आयोगकै पदाधिकारीको गाडीले ट्राफिक जाम गरेको तस्बीर लिएको बाहानामा भएको कुटपीट, सोही विषयलाई लिएर व्यावस्थापन पक्षले उहाँलाई निश्कासन गरेको विषय र त्यसपछि कतिपय सञ्चारमाध्यम र सामाजिक सञ्जालका साथै व्यक्तिगत तथा संस्थागतरुपमा आएका प्रतिक्रियाप्रति गम्भीर ध्यानाकर्षण भएको छ । पत्रकार योगीमाथि अख्तियारमा भएको कुटपीटको प्रकरणमा तत्काल उहाँ र उहाँका FNJ Apeal 23 saun FNJ Apeal 23 saun2सञ्चार उपकरण छुटाउन संस्थागतरुपमा महासंघ र मेरै अग्रसरतामा पहल भएको हो भने निश्कासनको विषयमा पनि तत्काल त्यहाँको व्यवस्थापनसँग सम्पर्क गरी निजलाई यथावतरुपमा काम गर्न सक्ने वातावरण मिलाइसकिएको अवस्था छ । पत्रकार योगीले इमेज एफएममा रहेर यथावत रुपमा काम गर्न कुनै बाधा नरहेको जानकारी व्यवस्थापन र महासंघको स्थानीय शाखासमेतले सार्वजनिक गरेका छन् भने उहाँको करार अवधि थप गरिएको जानकारी गराइसकिएको, निजको २०७२ असारसम्मको पारिश्रमिक निकासा भैसकेको र काम गर्ने वातावरण पनि मिलाइएको जानकारी व्यवस्थापन पक्षबाट महासंघलाई गराइएको छ । उहाँको पुनर्वहाली र भौतिक तथा पेशागत सुरक्षाका निम्ति महासंघ तत्पर रहेको स्पष्ट छ ।
पत्रकार योगीमाथि अख्तियारमा भएको कुटपीट र त्यसपछि कोटेश्वरको एक पसलमा खाजा खाइरहेको बेला भएको आक्रमणका साथै उहाँको निश्कासनसँग जोडिएका सवै पाटोको महासंघ केन्द्रले छुट्टै समिति बनाई अध्ययन तथा छानवीन गरिरहेकोले समितिको प्रतिवेदनले अन्य कुराहरु स्पष्ट गर्ने नै छ । महासंघले समितिको प्रतिवेदन आएपछि आवश्यक थप कदम चाल्ने नै छ । इमेज च्यानलमा देखिएका वा देखापर्ने अन्य श्रम समस्याका विषयमा पनि महासंघ जानकार रहेको र समाधानका लागि संस्थागत पहलकदमी भैरहेको स्पष्ट छ । तर, विषयलाई अन्यत्र मोडी व्यक्तिगतरुपमा मप्रति लगाइएका लाञ्छनाले मलाई दुखित तुल्याएको छ ।
महासंघ श्रमजीवी पत्रकारको साझा पेशागत संगठन भएकोले यसको साझा चरित्रलाई बचाइ राख्नु र प्रत्येक सदस्य एवं सरोकारवाला संस्थाको चासोलाई संबोधन गर्नु हरेक नेतृत्वको दायित्व हो । वर्तमान नेतृत्व यो दायित्वप्रति सचेत छ र रहिरहने छ । सबै सदस्य र सरोकारवाला संघसंस्थाको साथ, सहयोग र एकताबाटै यसले निर्दिष्ट लक्ष्य हासिल गर्न सक्ने भएकोले श्रमजीवी पत्रकारको पेशागत हकहित, भौतिक सुरक्षा र महासंघले उठाएका एजेन्डामा एकताबद्ध भएर अग्रसर हुन सम्बद्ध सवै श्रमजीवी पत्रकार र संघसंगठनलाई हार्दिक अपील गर्नुभएको थियो ।

पत्रकार महासंघका अध्यक्ष डा महेन्द्र विष्टले जारी गर्नु भएको अपिलको पूर्णपाठ