शुक्रबार, बैशाख १४, २०८१

सूचनाको हकसंगै व्यक्तिको गोपनीयताको हक पनि महत्वपूर्ण :मन्त्री डा .रिजाल

काठमाडौँ श्रावण २२ ,सञ्चारमन्त्री डा.मीनेन्द्र रिजालले सूचनाको हक खोज्ने व्यक्तिले अर्काको गोपनीयताको हकको पनि सम्मान गर्न जान्नुपर्ने बताउनुभएको छ । उहाँले फ्रिडम फोरमले आज आयोजना गरेको दोस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै यस्तो minendra-riajal-300x200-150x150अभिव्यक्ति दिनु भएको हो । त्यस्तै सरकारतर्फबाट दिइनुपर्ने सूचना लुकाउन गोपनीयताको हकलाई बहाना नबनाओस् भन्नेमा आफ्नो समर्थन रहेको पनि त्यस अवसरमा मन्त्री रिजालले बताउँदै व्यक्तिको गोपनीयता पनि अत्यन्त महत्वपूर्ण हक भएको बताउँनु भएको थियो ।
कार्यक्रममा व्यवस्थापिका–संसद्अन्तर्गतको विकास समितिका सभापति रवीन्द्र अधिकारीले सूचनाको हकविना लोकतन्त्रको संस्थागत विकास हुन नसक्ने धारणा राख्दै सही सूचना दिन कसैले पनि डराउन नहुने बताउनुभएको थियो भने राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले अब बन्ने संविधानमा सूचनाको हकसँगै सूचना प्रवाह गर्नुपर्ने प्रावधान थप्नुपर्नेमा जोड दिनु भएको थियो ।

त्यस्तै गरि राष्ट्रिय मानवाधिकार आयोगका सदस्य मोहना अन्सारीले भ्रष्टाचारमुक्त समाज निर्माणका लागि सूचनाको हक अपरिहार्य भएको बताउँनु भएको उक्त कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष धर्मेन्द्र झाले सूचनाको हक प्राप्त हुँदा जनताका धेरै समस्या समाधान भएको उदाहरण प्रस्तुत गर्दै नेपालमा सूचनासम्बन्धी ऐन आएको ८ वर्ष भइसक्दा पनि थुप्रै समस्या विद्यमान रहेको जिकिर गर्नु भएको थियो । त्यस्तैगरि फ्रिडम फोरमका अध्यक्ष तारानाथ दाहालले सूचना र गोपनीयताको हकले व्यक्तिलाई बलियो बनाउने र व्यक्ति बलियो भएमात्र लोकतन्त्र बलियो हुने विस्वास व्यक्त गर्नु भएको थियो ।