शनिबार, अशोज १३, २०८०

संविधानका विवादित विषयमा सहमति नबनेपछि विधानसभाको बैठक स्थगित

काठमाडौ श्रावण २२, प्रमुख राजनीतिक दलबीच संविधानका विवादित विषयमा सहमति हुन नसकेपछि संविधानसभाको आजको बैठक शनिबार अपरान्ह ३ बजे बस्ने गरी सूचना टाँस गरेर स्थगित गरिएको छ । संविधानसभा सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलका biccअनुसार आज साँझ ५ बजेका लागि तय गरिएको थियो ।

संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले जनताबाट प्राप्त सुझावका आधारमा विवादित विषयमा सहमति जुटाउने र सो समितिको प्रतिवेदन संविधान सभामा पेस हुने भन्दै संविधानसभाको बैठक आजका लागि बोलाइएको थियो ।  संवाद समितिअन्तर्गतको प्रमुख राजनीतिक दलका शीर्षनेता सम्मिलित विशेष समितिले विवादित विषयमा सहमति जुटाउन लागिपरेकाले थप समयको आवश्यकता महसुस गरिएको सचिवालयले जनाएको छ ।