शुक्रबार, चैत्र १६, २०८०

विद्यालय मर्जर निति अन्र्तगत पाँच सय विद्यालय गाभिए

काठमाडौ, श्रावण १६, विद्यार्थी कम भएका र कम दूरीमा रहेका विद्यालय एकापसमा गाभ्ने सरकारी नीतिपछि कुल विद्यालयको सङ्ख्यामा ४१७ ले कमी आएको छ । गत वर्ष देशभर कुल ३५ हजार २२३ विद्यालय रहेकामा ४१७ विद्यालय गाभिई गत आवको अन्त्यमा images (2)३४ हजार ८०६ कायम हुन पुगेका छन् । विद्यालय गाभिएपछि प्रावि तहका रिक्त सात हजार ४३० शिक्षकलाई निमावि तहमा दरबन्दी मिलानको काम शिक्षा मन्त्रालयले गरिरहेको छ ।

अर्थ मन्त्रालयले प्रकाशन गरेको आव ०७१÷७२ को ‘मन्त्रालयगत प्रगति विवरण’ मा हाल त्यसमध्ये ३४ हजार ३३५ प्राथमिक, १४ हजार ९२४ निमावि, ३४ हजार ५०६ आधारभूत (१–८) तह, आठ हजार ८१४ मावि र तीन हजार ५९६ उमावि छन् । शिक्षा मन्त्रालयले विद्यालय शिक्षालाई थप प्रभावकारी बनाउन कम विद्यार्थी सङ्ख्या भएका र निश्चित दूरीभन्दा कम दूरीमा रहेका विद्यालय गाभेर शिक्षक दरबन्दी मिलानको कार्य अघि सारेको छ । ईहिराल्ड पोष्टबाट