बुधबार, बैशाख १२, २०८१

६ प्रदेश सहितको सङ्घीयताको मस्यौदामा हस्ताक्षर

धर्मनिरपेक्षता र थ्रेस होल्डबाहेकका सबै मुख्य विवादित विषयमा दलहरुवीच सहमति

काठमाडौ श्रावण २४, प्रमुख राजनीतिक दलका शीर्ष नेता सम्मिलित विशेष समितिमा धर्मनिरपेक्षता र थ्रेस होल्डबाहेकका सबै मुख्य विवादित विषयमा सहमति कायम गर्दै ६ प्रदेश निर्माणको सीमाङ्कनसहितको सङ्घीयताको संविधानको मस्यौदामा हस्ताक्षर भएको छ । यो हस्ताक्षर संगै अव मुलुकमा ढिलै भएपनि सीमाङ्कनसहितको संविधान जारी हुँने संभावना बलियो भएको छ ।Untitled-1

प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, संवाद समितिका सभापति बाबुराम भट्टराईसहितका नेताहरूबीच बिहानदेखि नै सुरु भएको छलफलबाट साँझतिर नै ६ प्रदेशमा रहने जिल्लाहरूको सूची तयार भएको थियो। उक्त प्रस्तावमा गच्छदारलाई मनाउने प्रयास हुँदाहुँदै सहमतिमा औपचारिक हस्ताक्षर गर्दा भने मध्यरातको साईतमा प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति सुशील कोइराला, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले सहमति पत्रमा शनिवार मध्यराति हस्ताक्षर गर्नुभएको हो । तर सहमति पत्रमा फोरम (लोकतान्त्रिक) का अध्यक्ष गच्छदारले हस्ताक्षर गरेपनि पार्टीको तर्फबाट भने फरक मत राख्नुभएको बुझिएको छ ।
सहमति पत्रमा फोरम (लोकतान्त्रिक) का अध्यक्ष गच्छदारले हस्ताक्षर गरेपनि पार्टीको तर्फबाट भने फरक मत राख्नुभएको बुझिएको छ ।

त्यस्तै सीमाङ्कनसहितको सङ्घीयताको संविधानको मस्यौदा अन्र्तग प्रस्तावित प्रदेशमा
प्रदेश १ मा झापा, मोरङ, सुनसरी, इलाम, धनकुटा, उदयपुर, ओखलढुंगा, सोलुखुम्बु, खोटाङ, भोजपुर, संखुवासभा, तेह्रथुम, पाँचथर र ताप्लेजुङ ।
प्रदेश २ मा सप्तरी, सिरहा, महोत्तरी, धनुषा, सर्लाही, रौतटह, बारा र पर्सा ।
प्रदेश ३ मा सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, रसुवा, नुवाकोट, धादिङ, मकवानपुर, चितवन, काठमाडौं, भक्तपुर र ललितपुर ।
प्रदेश ४ मा गोरखा, तनहुँ, लमजुङ, स्याङ्जा, पर्वत, म्याग्दी, मनाङ, कास्की, मुस्ताङ र नवलपरासीको बर्दघाटबाट सुस्ता पूर्व र बागलुङको पूर्वी भाग ।
प्रदेश ५ मा नवलपरासीको सुस्ता पश्चिम, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, रोल्पा, प्यूठान, गुल्मी, अर्घाखाँची, पाल्पा, रुकुमको पूर्वीभाग र बागलुङको पश्चिमी भाग ।
प्रदेश ६ मा रुकुमको पश्चिम भाग, सल्यान, डोल्पा, जाजरकोट, सुर्खेत, कैलाली, कञ्चनपुर, जुम्ला, कालीकोट, दैलेख, मुगु, हुम्ला, बाजुरा, अछाम, बझाङ, दार्चुला, बैतडी, डोटी, डडेल्धुरा  रहेको छ ।