शनिबार, बैशाख ८, २०८१

१६बुँदे सहमति अनुरुप संविधान जारी हुनुपर्ने एमालेको निष्कर्ष

काठमाडौँ श्रावण २२,  नेकपा एमालेको आज पार्टीको संसदीय दलको कार्यालयमा आज बसेको स्थायी कमिटीको बैठकले यही श्रावणभित्र images-21सीमाङ्कनसहितको संविधान जारी हुनुपर्नेमा जोड दिएको छ । सीमाङ्कनको विवादका नाममा संविधान जारी गर्न ढिलो गर्न नहुने भन्दै गत ज्येष्ठ २५ गते भएको ज १६ बुँदे सहमतिअनुसार संविधान जारी हुनुपर्नेमा जोड दिएको छ ।

यसैवीच विनाशकारी भूकम्पले क्षति पु¥याएको एमालेको मदननगर, बल्खुस्थित केन्द्रीय कार्यालय शनिवार देखि काठमाडौँ महानगरपालिका–४ धुम्बाराहीस्थित पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठान बसेको भवनमा स्थानान्तरण हुने भएको छ ।

एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले आज जारी गर्नुभएको विज्ञप्तिमा कार्यालय पूर्ववत् रूपमै सञ्चालन हुने र आवधिक रूपमा पार्टीका विभिन्न गतिविधिहरू पनि यथावत आयोजना हुने भएका छन् ।