मङ्लबार, बैशाख ११, २०८१

हिमाल, पहाड र तराई समेटेर सङ्घीय प्रदेशको सीमा निर्धारण गर्नुपर्नेमा सभासदहरुको जोड

संविधानको परिमार्जित विधेयकमाथि छलफल जारी.: 

काठमाडौ भाद्र ९,  नेपालको संविधानको परिमार्जित विधेयक २०७२, माथिको छलफलमा भाग लिंदै नेकपा (माले)का महासचिव एवम् सभासद् सिपी मैनालीले संविधानको मस्यौदाबाट धर्मनिरपेक्ष शब्द हटाउँदैमा मुलुकमा कुनै अनिष्ट नहुँने बताउँनु भएको छ ।  त्यस्तै images (11)राजमोका अध्यक्ष चित्रबहादुर केसीले सङ्घीयताले मुलुकलाई विखण्डनतर्फ लैजानसक्ने तर्फ इङगीत गर्दै सङ्घीयता नेपाली जनताको आफ्नै एजेन्डा नभएर अरुले थोपरी दिएको भारी भएको बताउँनुभएको छ भने नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छेले हिमाल, पहाड र तराई समेटेर सङ्घीय प्रदेशको सीमा निर्धारण गर्नुपर्नेमा जोड दिनु भएको थियो ।

त्यस्तै जारी छलफलमा राप्रपाका सभासद् दीपक बोहराले धर्म निरपेक्ष र प्रदेशको सीमाङ्कनलगायतका विषयमा आन्दोलनरत पक्षसँग छलफल गरेर मुलुकको हितमा हुनेगरी संविधान जारी गर्ने विषयमा ध्यान पु¥याउनु पर्नेमा जोड दिदै अन्यथा कुनै पनि दुर्घटना आफैमा स्वाभाविक रहेको बताउँनु भएको उक्त छलफलमामा क्रमस सभासदहरु जयदेव जैसी, शिवलाल थापा, गोपाल दहित, विश्वेन्द्र पासवान, रुक्मिणी चौधरी , प्रेमबहादुर सिंह हरिचरण साह लगायतले बोल्नु भएको थियो ।