मङ्लबार, बैशाख ११, २०८१

स्माइलीलाई थुनामा राख्ने आदेश

काठमाडौ भाद्र ७ , गत २०६९ ज्येष्ठ १८ गतेसर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको युएन पार्कनजिक गोली हानी हत्या गरि फरार रहेका आरोपी भगवान् भन्ने सञ्जय स्माइलीलाई ललितपुर जिल्ला अदालतले आज थुनामा राख्न आदेश दिएको छ ।

 ललितपुर अदालतका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले तत्काल प्राप्त प्रमाणबाट न्यायाधीश बमको हत्या गरिएको देखिएकाले हाललाई स्माइलीलाई थुनामा राख्न आदेश दिएको प्राप्त समाचारमा जनाईएको छ ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले न्यायाधीश बमको हत्या पछि फरार रहेका स्माइलीलाइ इन्टरपोलको सहयोगमा साउदी अरबबाट पक्राउ गरि आइतबार नेपाल ल्याई स्माइलीलाई सार्वजनिक गरेको हो ।