शुक्रबार, बैशाख १४, २०८१

स्थानीय विकास मन्त्रालयका अधिकृत तिवारीविरुद्ध मुद्दा दायर

काठमाडौ भाद्र १४, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका शाखा अधिकृत ईश्वरी तिवारी विरुद्ध मुद्दा दायर गरेको छ । आयोगले आज जारी गरेको विज्ञप्तिमा उल्लेखभएअनुसार शाखा अधिकृत तिवारीले दशरथचन्द नगरपालिका कार्यालयका तत्कालीन कार्यकारी download (7)अधिकृत रहँदा २५ थान नक्कली एवम् झुट्ठा हवाई टिकट पेस गरी रु दुई लाख ३७ हजार ८०५ भ्रष्टाचार गरी अख्तियारको दुरुपयोग गरिएको पाइएकाले निज विरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको जनाएको छ ।

दायर मुद्धामा सडकबाट यात्रा गरेको समयमा समेत शाखा अधिकृत तिवारीले नक्कली हवाई टिकट प्रयोग गरी राज्यको सम्पत्ति दुरुपयोग जस्तो गलत क्रियाकलापमा संलग्न रहेको र निजलाइ हदैसम्मको कारबाहीको माग गरिएको छ ।