शुक्रबार, बैशाख ७, २०८१

सीमाङ्कनको विरोधमा भएको प्रदर्शनमा गोली प्रहार, दुईको मृत्यु, पत्रकार रोकामगर घाइते

काठमाडौं श्रावण २६, प्रादेशिक सीमाङ्कनमा मध्यपश्चिम क्षेत्रलाई टुक्र्याइएको विरोधमा निकोलेको प्रदर्शनको समाचार संकलनका क्रममा उत्रिएका प्रदर्शनकारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले वीरेन्द्रनगरमा चलाएको गोली लागी बुलबुले एफएममा कार्यरत पत्रकार  इमानसिंह रोकामगर घाइते भएको खवरले नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

त्यस्तै देब्रे खुट्टामा गोली लागेका पत्रकार रोकमगरको अहिले क्षेत्रीय अस्पताल सुर्खेतमा उपचार भैरहेको महासंघले जनाउँदै सोमवार जारी विज्ञप्तिमा आफ्नो हक अधिकारका लागि प्रदर्शनमा उत्रेका नागरिकको आन्दोलनलाई दबाउने नाममा पत्रकारमाथि भएको यो घटना प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको ठहर गर्दै संविधानले प्रत्याभूत गरेको अधिकारलाई व्यवहारमा रुपान्तरण गर्ने पुगेका पत्रकारमाथि प्रहरीबाट भएको यो दमनको कडा शब्दमा भत्र्सना गरेको छ ।

यसैवीच सोहि घटनामा स्थानीयवासी यामबहादुर बिसी र टीकाराम गौतमको मृत्यु भएको भएको थियो । आइतबारदेखि सुरु विरोध प्रदर्शनको क्रममा प्रमुख दलका कार्यालय र जिल्ला प्रशासन कार्यालयलगायत केही सरकारी कार्यालयसमेत तोडफोड भएका छन् भने सुर्खेतका रामबहादुर श्रेष्ठ, अनिश पन्त, चूडामणि पोखरेल, पत्रकार आइसिंह रोक्का मगर, लालबहादुर सेजुवाल र टोपबहादुर थापा तथा दैलेखका नरबहादुर पुरी घाइते भएका छन् ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु