शुक्रबार, बैशाख १४, २०८१

सविधान निर्माण प्रक्रियामा असन्तुष्ट रहेका दलहरुसँग प्रमले औपचारिक वार्ता सुरुगर्ने

काठमाडौं भाद्र १०,  प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माण प्रक्रियामा असन्तुष्ट रहेका दलहरुसँग वार्ता थाल्नु भएको छ । बुधवार नेकपा–माओवादीसँग वार्ता गर्नुभएका] थियो  । यहि क्रममा  प्रम कोइरालाले आज अन्य असन्तुष्ट पक्ष क्रमस तमलोपा , सङ्घीय समाजवादी फोरम नेपाल, सद्भावना पार्टी, सङ्घीय सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, मधेसी जनाधिकार images (9)फोरम(गणतान्त्रिक), तराई मधेस सद्भावना पार्टी र थारु कल्याणकारी सभाका अध्यक्ष तथा संयुक्त राजनीतिक दलित सङ्घर्ष समिति, संयुक्त दलित आन्दोलन नेपाल, दलित नागरिक समाज, दलित सभासद् समन्वय समितिलाई वार्ताको लागि बोलाउनु भएको छ ।

प्रधानमन्त्री कोइराला  निकट स्रोतका अनसार   ति असन्तुष्टपक्षलाई आज साँझ बर्तामा बोलाएको थाहा भएको छ ।  बुधवार वार्ताको लागि संविधान निर्माण प्रक्रियामा असन्तुष्ट रहेका दलहरुलाई  लेख्नु भएको पत्रमा प्रधानमन्त्री कोइरालाले संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माण गर्ने ऐतिहासिक दायित्व सम्पन्न गर्ने अन्तिम चरणमा आइपुगेको उल्लेख गर्दै यो ऐतिहासिक क्षणमा संविधानका विषयमा व्यापक जन अभिरुची प्रकट हुनु स्वभाविक लोकतान्त्रिक प्रक्रिया भएको र यस्तो महत्वपूर्ण र निर्णायक क्षणमा केही राजनीतिक दल र संस्थाहरु संविधानसभा भित्रको बहस भन्दा संविधानसभा बाहिरको आन्दोलनमा ब्यस्त भएकोमा चिन्ता प्रकट गर्नु भएको थियो ।

त्यस्तै मुलुकमा संविधान निर्माणको अन्तिम चरणमा आइपुगेको अवस्थामा आन्दोलनले हिंसा,हत्या र अराजकता निम्त्याउनु कसैका लागि पनि स्वीकार्य र उचित नहने भन्दै उहाँले संविधान निर्माणको प्रक्रियामा शान्तिपूर्ण छलफल र वहसलाई नै महत्व दिंदैसंविधान निर्माणको यो ऐतिहासिक अवसरलाई पारस्परिक संवादको माध्यमबाट परिणाममुखी बनाउन सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभएको छ ।