बिहिबार, बैशाख १३, २०८१

समाजसेवी गुरुङ सम्मानित

काठमाडौं श्रावण ३०, अटिजम  भएका वालवालिकाको क्षेत्रमा क्रियाशील संस्था एसएसडिआसीद्दारा युकेमा स्थायी बसोबास गर्दै आएकी समाजसेवी इशा गुरुङलाई  एक कार्यक्रमकावीच सम्मान गरेको छ । दीन दुखी, बिरामी , अपांगता तथा पिछडिएका ब्यक्तिको 11911202_1139238186092812_287705812_n 11874010_1139238142759483_853302959_nसहयोगमा मन,वचन र कर्मले समर्पित समाजसेवी गुरुङलाई संस्थाका कार्यकारी निर्देशक सबिता उप्रेतीले सम्मानित गर्नु भएको हो ।

त्यस्तै कार्यक्रममा दिईएको जानकारी अनुसार समाजसेवी गुरुङले प्रवासमा रहेर पनि आफुले मात्र नभएर सामाजीक संजाल ?(फेसबूक)बाट आर्थिक संकलन अभियान चलाउँदै विभिन्न समाजिक संस्था, भुकम्पपीडित लगायतलाई   सहयोग गर्दै आईरहनु भएको छ ।  यसैक्रममा  उहाँले अटिजम भएका बालबालिकाहरुलाई शिक्षा ,स्वस्थ्य र पुनःस्थापनाका लागि भन्दै एसएसडिआसीलाई पनि  रु बीस हजार सहयोग गर्नु भएको थियो