शुक्रबार, चैत्र १६, २०८०

समर्पण..

Q– गौतम डंगोल “सन्देश

हाँसी हाँसी सबलाई रुवाई गयौ
पिडा जति त्यहि हाँसोले छोपि राख्यौ
भित्रि मन जलाएर जुन तारा छरी गयौ
हाँसी हाँँसी सबलाई रुवाई गयौ
खेला हो यो जिन्दगी भनि बुझाई गयौ

समयका जंघारहरु तर्न सिकायौ
खुशी खुशी जीवन अरुमा अर्पण गर्यौ
उमंग जति खुशीले नै बगाई रह्यौ
आफ्नै नाम मेटाएर अघि हिंड्ने बाटो देखायौ
हाँसी हाँसी सबलाई रुवाई गयौ

बिहानीको पर्खाइमा अँध्यारोमा जीवन देखायौ
आँशु रोकी हाँसो फिजाई मुस्कुराउन सिकायौ
हारी हारी आफु सबलाई जिताएर गयौ
हारको अपमान जति आफै भित्र लुकायौ
आफ्नो शिर झुकाएर ठाडो शिर हिंड्ने नाम दिलायौ
हाँसी हाँसबलाई रुवाई गयौ