मङ्लबार, बैशाख ११, २०८१

संविधानमा श्रमिकको मुद्धालाई समावेश गर्ने उपप्रम सिहंको प्रतिवद्धता

नेपाल ट्रेड यूनियन काँग्रेसद्वारा भुकम्प पीडितलाई सहयोग

काठमाडौ भाद्र १२,  नेपाल ट्रेड यूनियन काँग्रेसले २०७२ साल बैशाख १२, १३ र २९ गते गएको भुकम्पमा परी मृत्यु भएका श्रमिक तथा श्रमिकका परिवार गरी १०१ जनालाई १३ लाख ६० हजार रकम वितरण गरेको छ। राजधानीमा आयोजित कार्यक्रममा उप प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले prakash_man_singh१०१ जना ट्रेड यूनियनका सदस्य र सदस्यका परिवारलाई सो रकम वितरण गर्नुभएको थियो। त्यस अवसरमा उपप्रम सिंहले प्रधानमन्त्री तथा नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले पीडित आफ्ना सदस्यलाई आर्थिक सहयोग उपलव्ध गराई महत्वपूर्ण र मानवीय कार्य गरेको बताउनुभयो। उहाँले नयाँ बन्ने संविधानमा श्रमिकको भावनाको कदर गर्दै श्रमिकको मुद्धालाई समावेश गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो।

नेपाल ट्रेड यूनियन काँग्रेसले भुकम्पबाट प्रभावित १४ जिल्लाका प्रभावितलाई तत्काल रकम उपलव्ध गराएको र बाँकी रहेका सदस्यलाई आगामी दिनमा वितरण गर्ने कार्यक्रम राखेको प्राप्त समाचारमा उल्ल्ेख गरिएको छ ।  त्यस्तै नेपाल ट्रेड यूनियन काँग्रेसका अध्यक्ष खिलानाथ दाहालले रकम वितरण गर्न बाँकी रहेका सदस्यलाई आगामी दिनमा अन्य कार्यक्रम मार्फत रकम वितरण गर्ने र पीडित श्रमिकहरुलाई रोजगारको अवसर प्रदान गर्न सहयोग पुर्याउने बताउनुभयो।

त्यस्तै नेपाल ट्रेड यूनियन काँग्रेसमा आवद्ध संघ र जिल्ला समितिबाट प्राप्त विवरण अनुसार भुकम्पमा परी मृत्यु हुनेको संख्या ६० र सदस्यको परिवार मृत्यु हुने संख्या ७३, वेपत्ता संख्या ५, अंगभंग भएका ५, पूर्ण वा आंशिक घर क्षति भएको संख्या २५ हजार रहेको जानकारी दिईएको थियो ।