बुधबार, बैशाख १२, २०८१

संविधानको प्रतिवेदन मस्यौदा समितिमा पठाइयो,अर्को बैठक सूचना नभए सम्मको लागि स्थगित

काठमाडौं श्रावण २७ ,संविधानसभाको आज बसेको बैठकले संवैधानिक राजनैतिक सम्वाद तथा सहमति समितिले संविधानसभामा पेश गरेको संविधानको मस्यौदालाई पुनः संविधान मस्यौदा समितिमा पठाएको छ । मङगवारबाट शुरु भएको सम्वाद समितिको प्रतिवेदन bicc (1)माथिको छलफल आज सकिएपछि उक्त प्रतिवेदनलाई आवश्यक निर्देशन सहित मस्यौदा पठाइएको हो ।
त्यस्तै आजको बैठकमा सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले “संवैधानिक राजनैतिक सम्वाद तथा सहमति समितिको संविधानको विधेयकमा आवश्यक परिमार्जन गर्ने प्रस्ताव सहितको प्रतिवेदन, २०७२ सभाको निर्देशन सहित संविधानको परिमार्जित विधेयक तयार गर्नका लागि संविधान मस्यौदा समितिमा पठाइयोस्” भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेका थिए ।
उक्त प्रस्तावलाई बैठकको बहुमतले आजै मस्यौदा लेखनका लागि संविधान मस्यौदा समितिमा पठाएको छ भने संविधानसभाको अर्को बैठक अर्को सूचना नभए सम्मको लागि स्थगित गरिएको छ ।