शुक्रबार, चैत्र १६, २०८०

संवाद र सहमतिकोबाट सिर्जित यावत उल्झनको सम्बोधन हुन्छ : उपप्रम सिंह

काठमाडौं भाद्र ५,  उपप्रम  एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंह फिजीको ६ दिने भ्रमण सकेर आज स्वदेश फर्किएका छन् । एसिया प्रसान्त क्षेत्र एकीकृत ग्रामीण विकासको सम्मेलनमा सहभागी भई शनिबार बिहान सिंह स्वदेश फर्किएका P-M-Singh1हुन् ।

स्वदेश फर्केपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दे उपप्रधानमन्त्री सिंहले एक देशमा लागु गरिएको कार्यक्रम अर्को देशमा कसरी लागु गर्न सकिन्छ भन्ने बारेमा छलफल भएको जानकारी दिनुको अलावा संविधान निर्माणका क्रममा ७ प्रदेशको सहमतिको सन्दर्भमा सिंहले संवाद र सहमतिको माध्यामबाट सिर्जित यावत उल्झनको सम्बोधन गर्दै देशलाई निकाश दिने बताउनु भएको थियो ।