शुक्रबार, बैशाख ७, २०८१

रेखाले सार्वजनिक गरिन् पौड्यालको तादी

माधव अधिकारी / भाद्र ६, साहित्यकार महेश पौड्यालको उपन्यास तादी किनारको गीतलाई नायिका रेखा थापाले राजधानीमा सार्वजनिक गरेकी छिन् । गोठाले किशोर साहित्य पाण्डुलिपि पुरस्कार जितेको यस पुस्तकलाई बुकआर्ट नेपालले शनिबार बजारमा ल्याएको हो । Rakha_Thapa_launching_Tadi_Kinarko_Geet[1]राजधानीको  भृकुटीमण्डपमा चलिरहेको अन्तर्राष्ट्रिय पुस्तक मेलामा थापाले कृतिको लोकार्पण गर्दै लेखक पौड्याललाई बधाई तथा शुभकामना दिइन् ।

उनले पछिल्लो समय आफू साहित्यतिर निकै आकृष्ट भएको, तथा साहित्य र चलचित्र एकै ठाउँ आइपुग्दा उत्कृष्ट काम हुन सक्ने बताइन् । कृतिका बारेमा युवा लेखक गणेश ढुङ्गाना र समालोचक राजकुमार बरालले टिप्पणी गरेका थिए । ढुङ्गानाले कृति किशोरहरूको मनोविज्ञान समाउन सफल भएको बनाए भने बरालले कृति सबाल्टर्न अध्ययनमा एक नयाँ पाइलो बताए । उपन्यासले काभ्रे, सिन्धुपाल्चोक र नुवाकोटमा माझीको संघर्ष र रुपान्तरणको कथा बोकेको छ र बालविवाहको प्रचलनले बालबालिका र किशोरकिशोरीमा पर्ने शारीरिक र मनोवैज्ञानिक असरलाई खोतलेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु