बुधबार, बैशाख १२, २०८१

राष्ट्रिय दैनिक अन्नपूर्णको मुख्यालयमा भएको आक्रमणको युनियनद्दारा निन्दा

काठमाडौं भाद्र ३ , नेपाली राष्ट्रिय दैनिक अन्नपूर्ण पोष्टको तीनकुनेस्थित कार्यालय कर्पोरेट टावरमा बुधबार राति चारपाँच जनाको एक समूहले आक्रमण गरेर कार्यालयको शिसा फुटाएको घटना प्रति नेपाल प्रेस युनियन गम्भिर भएको जनाएको छ । त्यस्तै प्रेस युनियनले जारी Nepal-Press-Union_20140908050041गरेको वित्रप्तिमा सञ्चारगृहमा भएको आक्रमण र आक्रमणमा संलग्नहरुले थप आक्रमणको धम्की दिइनु प्रेस स्वतन्त्रतामाथिको प्रहार भएको भन्दै अन्नपूर्ण कार्यालयमा सुरक्षाका लागि प्रहरी समेत खटाउनुपर्ने अवस्था आउनु दुखद भएको ठहर गरेको छ।

प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीद्दारा जारी विज्ञप्तिमा देशमा राजनीतिक संक्रमण कायमै रहेको बेला सञ्चारसंस्थालाई स्वतन्त्रतापूर्वक पत्रकारीता गर्न अवरोध पुर्‍याउने नियतले समेत हुन सक्ने यो आक्रमणको विरोध जनाउँदै यस्ता कार्यको भण्डाफोर गर्न अन्नपूर्ण पोष्ट दैनिक लगायतका सबै सञ्चार संस्थाहरुलाई युनियन आह्वान गर्दै आक्रमणको निन्दा गर्नुको अलावा नेपाल सरकार र सुरक्षा निकायहरुलाई यस आक्रमण संलग्नहरुको पहिचान गरि कारवाही गर्न जोडदार माग गरेको छ । नेपाली सञ्चारमाध्यम र सञ्चारकर्मीलाई स्वतन्त्रतापूर्वक समाचार संकलन, प्रकाशन र प्रसारण गर्न अवरोध गर्ने र सेल्ससेन्सरसिपलाई वढावा दिने नियतका साथ भएको यस आक्रमणको पछाडी रहेकाहरुको नियतलाई उदाङगो पार्न युनियन अन्नपूर्ण पोष्टसँगै रहेको उल्लेख गरिएको छ ।