शुक्रबार, चैत्र १६, २०८०

राप्रपा नेपालले संविधानसभा घेराउ गर्ने

काठमाडौ भाद्र १०, राप्रपा नेपालले भाद्र १५ गतेदेखि संविधानसभा घेराउ गर्ने भएको छ । बुधवार केन्द्रीय कार्यसम्पादन समितिको बैठकको 11951797_10205085397281471_6884109138826327639_nनिर्णय अनुरुप हिन्दु राष्ट्रको माग गर्दै आएको राप्रपा नेपालले दबाबस्वरुप संविधानसभा घेराउ गर्न लागेको हो ।

त्यस्तै राप्रपा नेपालका सह–प्रवक्ता मोहन श्रेष्ठले सामाजीक संजाल फेसबुकमार्फत घेराउ कार्यक्रममा ‘चुल्हे निम्तो’ गर्दै लेखेका छन्, ‘राप्रपा नेपाललाई उपत्यकतामा मत दिनुहुने एक लाख १२ हजार मतदाता महानुभाव र समस्त उपत्यकाका आदरणीय दिदीबहिनी तथा दाजुभाईलाई भदौ १५ गते दिनको १२ बजे र त्यसपछि निरन्तर हिन्दु राष्ट्रका लागि हुने संविधानसभा घेराउमा सहभागी हुन हार्दिक निमन्त्रणा समेत गरेको छ ।