शनिबार, बैशाख ८, २०८१

रक्षाबन्धन…

काठमाडौ भाद्र १२, आज श्रावण शुक्ल पूर्णिमा अर्थात जनैपूर्णिमाको अवसरमा आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि ब्राह्मण पुरोहितको हातबाट येन event photographyबद्धो बली राजा दानवेन्द्रो महाबलः, तेन मन्त्रेण बहनामि रक्षे मा चल मा चल ।। भन्ने मन्त्र उच्चारण गर्दै नाडीमा रक्षाबन्धन बाँध्दै जनैपूर्णिमा पर्व मनाइदैछ ।
तराई क्षेत्रमा दिदी बहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँध्ने चलन रहेकामा पछिल्ला वर्षमा पहाडी क्षेत्रमा पनि राखी बाँध्न थालिएको छ । नेवार समुदायले भने यस पर्वलाई गुन्हु पुन्हीको रुपमा मनाउँछन् ।