बुधबार, बैशाख १२, २०८१

युवाहरुलाई स्वदेशमै रोक्न श्रमको सम्मान गर्नु पर्नेमा सरोकारवालाको जोड

काठमाडौं श्रावण २४ ,  मुलुकबाट वर्षेनी लाखौंको संख्यामा बिदेशिने युवाहरुलाई स्वदेशमै रोक्नपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । photo-300x225रोजगारी र सम्बृद्धिका लागि आर्थिक क्रान्ति नामक एक अभियानले शनिबार राजधानीका आयोजना गरेको कार्यक्रममा उपस्थित उद्योगी व्यवसायी र युवाहरुले सो कुरा बताएका हुन् ।

कार्यक्रममा बोल्दै नेपाल सरकारका निवर्तमान मुख्य सचिव लिलामणी पौडेलले मुलुकको उर्जाशील जनाशक्ति विदेशिदा मुलुलको आर्थिक सम्बृद्धी पछाडि धकेलिएको बताए । त्यस्तै उहाँले यसलाई रोक्नका लागि पहिलो संस्कारको खाँचो रहेको बताउँदै सरकारले नेपाली युवाको श्रमको सम्मान गर्दै श्रमको उचित न्युनतम ज्याला सहित विभिन्न तालिमहरु दिनुपर्नेमा जोड दिनु भएको थियो । कार्यक्रममा नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष हरीभक्त शर्माले नेपाली युवासँग उर्जा हुँदाहुँदै पनि दृढ आत्मविश्वाशको कमी देखिएको कारण यस्तो समस्या सिर्जना भएको बताए ।

त्यस्तैगरि कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रामशरण देउजाले रोजगारीको खोजीमा देशका युवाशक्ति विदेशिने क्रम बढिरहँदा स्वदेशकै निर्माण क्षेत्रमा भने कामदारको अभाव हुन थालेको र यसको समाधानका लागि प्रमुख कुरो श्रमकै सम्मान गर्ने र न्युनतम ज्यालाको ग्यारेन्टी सरकारले गर्न सक्यो भने यो समस्याको समाधान हुनसक्ने पक्षमा आप्नो अभिमत प्रकट गर्नु भएको थियो । कार्यक्रममा ३० जना साना तथा घरेलु उद्योगीलाई सम्मान गरिएको थियो ।  सो अवसरमा अभियानका संयोजक एवं बेरोजगार युवासंघ नेपालका अध्यक्ष चन्द्रबहादुर थापा सागरले समृद्ध नेपाल निर्माणका लागि बेरोजगार युवालाई रोजगारी दिनु पर्ने बताउनु भएको थियो ।