शनिबार, बैशाख ८, २०८१

युद्धको हाइपोथेसिश, विश्व शान्ति र आरमागेडोन

pen-copy-gift-150x1502-बसन्त शर्मा

भौतिक संसार यति ब्यापक भइसक्यो जँहा प्रतिष्पर्धा, इश्र्या र तछाड मछाडले प्राय सबै देशहरुमा अशान्ति मच्चिएको छ । कतै जातिय रुपमा, कहीं धार्मिक साम्प्रदायीकता, गरीब धनीबीच, रंगभेद, किसान जमिन्दार, मजदुर र मालिकबीचका द्वन्द्��ले विभिन्न रुपमा अशान्ति मच्चिएको छ । प्रायः देशभित्र गृहयुद्ध चर्किरहेको छ, भने कयौ देशहरु वाह्य हस्तक्षेपका  शिकार भइरहेको यर्थातताले विश्वभरी आर्थिक संकट व्यापत हुदैगइरहेको छ ।
नेपालमा पनि हिन्दु धर्मको नाममा थुप्रै गतिविधि सन्चालन भइरहेका पाइएको छ यता भारतमा पनि पछिल्लो समय हिन्दु,मुस्लिम र इसाइ धर्म मान्नेहरुबीच शित युद्ध चलिरहेको छ । भारतका प्रधानमन्त्री स्वयं त्यो पेरीफेरीमा परेकाछन् । उता नेपालमा गएको विनाशकारी भूकम्पमा परेकाहरुलाई मद्दत गर्ने विषयमा समेत धर्मको विषयले अनावश्यक चर्चा पायो । हिन्दु धर्म मान्ने सम्प्रदायको बाहुल्यता रहेको नेपालमा इसाई धर्मको प्रचार प्रसार मात्रै नभएर धर्म परिवर्तन गराएका थुप्रै समाचारहरु सञ्चार माध्यममा नआएका पनि होइनन् ।  सिमाना थिचोमिचो देखि राष्ट्रिय स्वतन्त्राको समेत खोजीमा अहिले कैया}  देशहरु युद्धको चपेटामा छन । युद्ध विभिन्न बाहानामा छेडीएका छन, जहाँ जसरी युद्ध भइरहको भएपनि अनन्त्वगत्वा मानव जातिकै विनाश भइरहेको हुन्छ। त्यसको सापेक्ष यूद्ध जितनेलाई फेरी अर्को मानl;s  युद्धको लडाई एकतर्फी रुपमा लडीरहनु परेको हुन्छ की अब उसमाथि कसले कतिखेर ‘वार’ गर्ने हो भन्ने ।  अहिले शक्तिसम्पन्न राष्ट्रिहरु युद्धका लागी मनोवैज्ञानिक रुपमा आफना सैन्य गतिविधिमा तिव्रता दिनु पर्ने मनस्थिति बनाएर बसीरहेका छन तर सुरुवातको विन्दू भेट्नु प्रतिक्षाको घडी जस्तो जस्तो देखीन्छ । परमाणु सशस्त्रले सम्पन्न देशहरु आ–आफ्ना प्रभुत्वकोलागी जुन सुकै बेला कुनै कम्जोर राष्ट्रको भुमी प्रयोग गरेर यूद्ध गर्ने योजना नबनाइरहेका होलान भन्न सकीन्न । अन्तराष्ट्रि जासुसी संस्था इन्टरपोलले आफ्नो एक रिर्पोर्टमा भनेको छ–संयमताको घडी छोटो छ ।’ उता महाशक्ति राष्ट्र अमेरीकाको जासुसी संस्था एफबिआईले अबको विश्व युद्धको शुरुवात भारत–पाकीस्तानबाटै शुरु हुने भन्दै त्यसको थालनि सन २०१०बाट भई सकेको जिकीर गर्दै आफ्नो एशिया–२०२५ रिर्पोटमा उल्लेख गरी सकेको छ ।

दक्षिण एशिया नै अबको युद्धको मुख्य केन्द्र हुन सक्ने भन्दै १५ सदस्यीय सुरक्षा विज्ञहरुको उक्त रिर्पोटले परमाणु अस्त्र युद्धको चेतावनी दिएको छ । तर सबै खाले युद्धहरुको विकल्प के त ? यो विश्व भरीका मानिसको (HYPOTHETICAL) काल्पनिक प्रश्न भएको छ । पहिलो र दोस्रो विश्व युद्ध पछि विकसीत मानवीय सभ्यतासँगै विकासको परीणाम अब युद्धको शुरुवात हुने समय नजिकिंदै आइरहेको अध्ययन तथा अनुसन्धान र विश्व परीवेशले देखाएका छन् । तर, युद्धको विषय के रहला निकै महत्वपूर्ण सवाल बनेको छ ।   शक्ति सम्पन्न राष्ट्रहरु मध्यको रुशको शक्ति क्षयीकरण,चीनको बढ्दो व्यापकता,भारत र पाकिस्तानको चीसिदो सम्बन्धमाथि अमेरीकाको नजर । दक्षिण र उत्तर कोरीयाको आपसी खिचातानी उता अरब राष्ट्रबीचको पेट्रोलीयम पदार्थ विवाद त्यसको ठीक विपरीत नेटवर्किङ्ग ब्ल्याक विजनेस र आतंकवादका साथ साथै धार्मिक कारण अबका वर्ष अशान्तिले टोपीदैं जनसक्ने देखिन्छ । हिले  विश्व खण्डित हुने तीन महत्वपूर्ण कारण देखीन्छन् । पहीलो कारण जातीयता दोस्रो कारण धमर्मिक र तेस्रो कारण आणवीक हतियार । यी कारक तत्वहरुले यति व्यापकता लिइ सकेका छन की जसको परिणाम ग्रिनल्याण्डका इन्युट जाती देखी इस्लामिक सिया सुन्नी हुँदै हिन्दु र ख्रिष्टीयनको आन्तरीक सम्बन्धले नै हैटी,कंगो,इजरायल,इराक,अफगानिस्तान लगाएतका देशहरु  प्रताडित छन् ।

तर शक्ति सम्पन्न राष्ट्रको गलत एनालाइसीसको परिणाम इराण लगाएतका परमाणुको हैसीयतमा मध्यम स्तरमा रहेका राष्ट्र समेत अत्तालिन थालेका छन् । चर्को दबाव दिने आणवीक सम्पन्न राष्ट्रहरुले मानवीयताको ख्याल नगर्ने हो भने अबको युद्धले मानवीय अस्तित्व नै सकंट नपर्ला भन्न सकिन्न ।स्वतन्त्रताको नाममा विश्वभरी भइरहेका परीवर्तन तथा त्यसबाट उत्पन्न परिणाम कुनै न कुनै रुपमा त्यहाँको गृहयुद्धको कारक तत्व बन्द} आईरहेका विषयले विश्व आक्रान्त छ । युद्धको मनोवैज्ञानिक प्रभावले विश्व समुदाय घाइते अवस्थामा पुग्दै गरेको जस्तो देखिन्छ । युद्धका अर्को पाटो यदी धार्मीक सहिष्णुताको ह्रासलाई कलाउने हो भने कुनै पनि धर्म युद्धको पक्षमा छैन । त्यसैले मानव हीतकालागी अब ‘आरमागेडोनको’ आवश्यकता बढ्दो छ ।  पछिल्ला बर्षमा आणविक विपत्ति बुझाउने गरी नै ‘आरमागेडोनको प्रयोग विभिन्न राष्ट्रले गरेका छन् । तर शाब्दिक अर्थमा मानव गतिविधिहरुमाथि परमेश्वर (इश्वर,अल्लाह,क्राइष्ट,बुद्ध)ले गर्ने हस्तक्षेपलाई ‘आरमागेडोन’ भनिन्छ । विश्वमा थु्रपै युद्ध भए त्यसमा कसैले जिते होलान कसैले हारेहोलान तर विनास मानिसकै भएको कटु सत्य हो– जो कसैले नकार्नै सक्दैन । इतिहासलाइ फर्केर हेर्ने हो र खोतल्दै जाने हो भने मानीसको स्वभाव हिंस्रक भएपनि उ शान्ति चाहन्छ ।

ग्रिनल्यान्डका इन्यु जातीको विषयमा नर्वेका अन्वेषक फ्डिजोफ न्यान्सनल सन् १८८८मा आफ्नो लेखको हाइलाइटमा भनेका थिए–‘सँगी मानवलाई मानु तिनीहरु क्रुर काम ठान्दछन् । त्यसैले तिनिहरुको नजरमा युद्ध भनेको बुझ्नै नसकीने र घृणित कुरा हो । यो युद्ध भन्ने एउटा यस्तो कुरा हो जसकालागि तिनीहरुको भाषामा कुनै शब्द नै छैन् ।’  यसले के प्रमाणित गर्दछ भने जसले जसरी मानव –मानवबीच द्वन्द्व सृजना गराउँछ उ स्वयं युद्ध चाहँदैन । तर युद्ध स्वार्थबीना हुनै सक्दैन् । उदाहरणका रुपमा पहीलो र दोश्रो विश्व युद्धका घिणलाग्दा स्वार्थहरु राखे ति राष्ट्रहरु जसले युद्धको वातावरण बनाए,जसमध्ये कोही राष्ट्र विलय समेत हुन पुगे ।

यदी युद्धका विषयमा इतिहासलाई कोट्याउने हो भन इज्रायलको मैदान र प्रचिन शहर मगिद्दोका युद्धहरु प्रमुख गिन्तिमा आउने गर्दछन् । मानवीय अस्तीत्व र सभ्यताका ति ठला युद्धहरु मगिद्दो र इज्रायलको उपत्यकामा लडेको भेटीन्छ । अहीले पनि २ करोड भन्दा बढी मानिसहरु सैन्य अभ्यासमा छन् –विश्वभरी तर अदृश्य रुपमा निकै  ठूलो सख्या  आणवीक अस्त्र तयारी अवस्थामा छ–जसको प्रयोगले मानवीय अस्तित्व नै सकंटमा पर्न जाने देखीन्छ । इतिहासकार एरीक एज क्लाइनले आफ्नो पस्तक ‘द ब्याटल्स अफ आरमागेडोन’मा भनेका छन्–‘प्रथम विश्व युद्धमा मगिद्दो उपत्यका वरपर टर्कीलाई ब्रिटीस सेनाका जनरल एडाण्ड एलेन्बाईको नेतृत्वमा विश्वभरी सबभन्दा छिटो सफल नतिजा पाएको युद्ध हो ।’ तर अबको युद्ध त्यती ढिलो सम्म पनि रहने छैन,कारण आणवीक अस्त्रको प्रयोगले ।

युद्धको इतिहांसबारे अध्ययनकर्ता डालस थियोलोजिकल सेमीनरीका पूर्व प्रेसीडेन्ट जोन एफ. वालभुर्डले विश्वभरी प्रभुत्वका लागि लडिने अन्तिम यद्धु भनेर ‘आरमागेडोन’ लाई परीभाषित गरेका छन् की यो युद्ध फेरी प्यालेष्टाइनको त्यो उपत्यका जो मध्य पूर्वमा पर्दछ ‘मगिद्दो’ त्यसलाई लक्षित गरेर युद्ध केन्द्र तोकीदिएका छन् । अबको यद्धको अन्तिम रुपमा ‘आरमागेडोन’ नै हुनु पर्दछ–यो मान्यता आस्तीकहरुको मात्रै हो । नास्तिकहरु ‘आरमागेडोन’ शब्दलाई आणवीक विपत्ति बुझाउनेगरी प्रयोग गर्दछन् । ‘आरमागेडोन’ युद्ध कुनै एउटा खास यद्धु भुमिमा लडिने छैन पनि भनिएका इतिहांस भेट्न सकीन्छ । तर इस्वी सम्वतको छैठौ. शताब्दीमा ओकोनोमुसले लेखेको सम्भवतः सबभन्दा पुरानो ग्रिक भाषाको लेखमा ‘आरमागेडोन’ वास्तविक ठाउँमा हुन्छ भन्ने जीकिर गरीएको छ ।

अबको प्रश्न ‘आरमागेडोन’ युद्ध कहाँ र कहीले होला भन्ने आम जिज्ञासा उठ्न सक्छ । इतिहासकारहरुको अध्ययन र अनुसन्धान तथा अन्वेषणका दर्जनौ रिर्पोटहरु अध्ययन गर्ने हो भने ‘आरमागेडोन’ पुरै पृथ्वी भरी हुने छ भन्ने भेटाइन्छ तर त्यसको निर्णायक थलो इज्रायली उपत्यका मगिद्दोलाई नै संकेत गरएिको छ । अनन्त्वगत्वा त्यो लडाई यदी (इश्वर,अल्लाह,क्राइष्ट,बुद्ध) भगवानले हस्तक्षेप गर्ने लडाई नै हो भने विश्वभरी चाहीएको एक मात्र लडाई त्यही नै हो । अनि शान्ति र मानवीय अस्तीत्वको रक्षा हो । तर के ‘आरमागेडोन’ को लडाई हुन्छ त ? विचारणीय छ ।
यदी त्यसो हो भने सबैखाले वैमनस्यताको अन्त्यको त्यो लडाई छिट्टै हुनुपर्दछ । न की आणवीक अस्त्रको लडाई पहीले शुरु होस । अहिलेको एक मात्र खट्कीएको विषय शान्ति र मानवीय अस्तित्व नै हो । त्यसैले विश्व शान्ति र मानव अस्तित्वको रक्षाकालागि ‘आरमागेडोनको’ आवश्यक छ । यो कुनै धर्म वा सम्प्रदाय विषेशको शाब्दिक लडाँई होइन ।