बुधबार, बैशाख १२, २०८१

यस्तो छ भारतीय प्रम मोदीलाई चुनौती दिने २२ वर्षीय युवा हार्दिकको नालीवेली

गुजरातका पौने दुई करोड पटेल समुदायका माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने  हार्दिकको  चेतावनी

काठमाडौं भाद्र १०, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृह राज्य गुजरातमा आठ जनाको ज्यान जाने गरी भएको दुई दिनको जातीय हिंसा पश्चात अझै तनाव जारी छ। प्रभावशाली ठानिने पटेल समुदायले सरकारी रोजगारीमा कोटाको माग गर्दै थालिएको प्रदर्शनमा प्रहरी र hardik-on-stage_650x400_41440486311 hardikpateltheory750स्थानीय समुदायसंग झडप भएपछि शान्ति बहाल गर्न त्यहाँ सेना परिचालन गरिएको छ भने ठाउँठाउँमा कर्फ्यु लगाइएको छ। चुस्त आर्थिक प्रगति गरिरहेको भनिएको पश्चिमी भारतीय राज्य गुजरातमा एक्कासी आन्दोलन भड्किएपछि त्यसको नेतृत्व कसले गरिरहेको छ भनेर धेरैमाझ उत्सुकता जागेको छ।
‘टाउको दुखाइ’
केवल २२ वर्षको उमेरमा गुजरात सरकारको टाउको दुखाइ बनेका हार्दिक पटेललाई दुई महिना अघिसम्म कसैले चिनेको थिएन। पटेल समुदायका लागि रोजगारी वा शिक्षामा कोटामार्फत थप पहुँच दिनुपर्ने विवादास्पद मागका कारण उनले छोटो समयमै दशौं लाख समर्थक कमाएका छन्। पटेल समुदायमाथि भएका ‘अन्याय’ बारे प्रखर वक्ता हार्दिकको भाषण सुन्न दुई दिन अगाडि अहमदाबादको जीएमडीसी मैदानमा कैयौं माइल हिंडेर ३ लाख समर्थक पुगेका थिए। त्यो जमातमा धेरै त युवा रहेको बताइन्छ।

कोटाको झगडा:  त्यसोभए गुजरात सरकारलाई मुश्कीलमा पारिदिने यी हार्दिक पटेल वास्तवमा को हुन्रु हार्दिकको जन्म अहमदाबाद नजिकैको विरामगाम भन्ने शहरमा भएको थियो। उनको पिताको पानी तान्ने पम्प बेच्न सानोतिनो व्यापार छ। उनी आफ्ना आमाबुबा र बहिनीसंग बस्छन्। केवल पाँच देखि १० प्रतिशत पटेल धनी छन्। खान नपाउने कैयौं छन्। गत १० वर्षको आँकडाले आत्महत्या गर्न वाध्य किसानहरुमध्ये सबभन्दा धेरै पटेल समुदाय भएको देखाउँछ ।
बीबीसी सम्वाददाता गीता पाण्डेसंग कुराकानी गर्दै उनले आफ्नी बहिनीले गत वर्ष स्कूलमा निकै राम्रो अंक ल्याएर उत्तीर्ण भएको तर छात्रवृत्ति नपाएको जबकि उनको भन्दा कम अंक ल्याएपनि अन्य जातिकाले कोटाका कारण पाएको बताए। हार्दिकले सन् २०११ मा महिला तथा गरीब किसानविरुद्ध हुने उत्पीडनसंग लड्न एक सामाजिक संगठन खडा गरेर शुरु गरे। पटेल समुदायका लागि काम र शिक्षामा कोटाको माग गर्ने विचार भने उनमा केही महिना अघि मात्रै उत्पन्न भयो। वाणिज्यशास्त्रका स्नातक हार्दिकको अगुवाइमा गत ४० दिनदेखि गुजरातमा आन्दोलन तथा विरोध प्रदर्शन भइराखेका छन्।
‘मिथ्या’ आँकडा2_1439911831
गुजरातको जनसंख्याको बीस प्रतिशत हिस्सा पटेल समुदायको छ। यो समुदाय हिराको व्यापारमा अग्रणी छ। त्यस्तै सम्पन्न किसान तथा व्यापारी मध्येमा उनीहरु गनिन्छन्। उनीहरु राजनैतिक रुपमा एक शक्तिशाली समुदाय हुन्। भारतबाहिर पनि पटेल समुदायले व्यापार व्यवसायमा सफलता पाएका छन्। तर हार्दिक पटेल भन्छन् सबै पटेल धनी छन् भन्ने कुरा मिथ्या हो। उनी भन्छन् केवल पाँच देखि १० प्रतिशत पटेल धनी छन्। “खान नपाउने कैयौं छन्। गत १० वर्षको आँकडाले आत्महत्या गर्न वाध्य किसानहरुमध्ये सबभन्दा धेरै पटेल समुदाय भएको देखाउँछ,” उनले भने। कोटा प्रणाली विरुद्ध आक्रोश बढ्दै जाँदा अनि आफ्ना खासगरी युवा समर्थकहरु आन्दोलित बन्दै गर्दा, हार्दिकले अधिकारीहरु विरुद्ध चेतावनी दिन थालेका छन्।

‘क्रान्तिकारीहरुको भूमि’ आफ्नो राज्य गुजरातमा शान्ति र प्रेमप्रति अगाध आस्था रहेको अनि महात्मा गान्धी तथा सरदार पटेलको पाईला पछ्याएको उनको भनाइ छ। तर शान्तिको मार्गबाट माग सम्बोधन नभए हिंसाको बाटो समेत हिंड्न आफुहरु तयार रहेको उनले बताएका छन्।  उनी भन्छन् यो आन्दोलन कुनै सय मीटरको दौड होइन बरु म्याराथन हो। गुजरातका पौने दुई करोड पटेल समुदायका माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने उनले बताएका छन्।   bbcनेपाली सेवाबाट