शुक्रबार, बैशाख ७, २०८१

मिडियासम्बन्धी नीति, नियम, ऐन, कानुन बनाउँदा काउन्सिललाइ युनियनले सहयोग गर्ने

प्रेस काउन्सिल र प्रेस युनियनबीच छलफल:

काठमाडौं श्रावण २५,  प्रेस काउन्सिल नेपालले मिडिया सम्बन्धी विभिन्न विषयमा सरोकारवाला संगठनहरुसँग छलफल गर्ने क्रममा सोमबार काउन्सिल मुख्यालयमा पत्रकार आचारसंहिता लगायतका एजेन्दामा केन्द्रीत रहेर विशेष छलफल गरेको छ । सो क्रममा काउन्सिल अध्यक्ष बोर्णबहादुर कार्कीले पत्रकारिताको व्यावसायिक विकासको लागि संचारमाध्यम र पत्रकारलाई जिम्मेवार बनाउन, लोकतन्त्रको संस्थागत विकास र पत्रकारको हकहितको संरक्षण सम्बद्र्धन र  मिडिया क्षेत्रमा हाल देखिएका समस्या समाधानका लागि काउन्सिलले गम्भीरतापूर्वक काम गरिरहेको जानकारी दिनुभएको काउन्सिलको वेव साइटमा  प्रकाशित समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै समाचारमा वर्तमान पत्रकार आचारसंहिता समयसापेक्ष नभएको र यसले सवै पक्षलाई समेट्न नसकेको गुनासो बढेकोले काउन्सिलले यसमा संशोधन र परिमार्जनका लागि गृहकार्य गरिरहेको स्पष्ट पार्दै काउन्सिलका अध्यक्ष कार्कीले व्यवसायिक पत्रकारिताको लागि पत्रकारको प्रेस परीक्षा, सञ्चार संग्रहालय, विद्युतीय तथा छापा संचारमाध्यमको अनुगमन तथा पत्रकारको क्षमता अभिबृद्धिका लागि हरेक जिल्लामा आचारसंहिता विषयका एक–एक जना प्रशिक्षक तयार पार्ने लगायतका कार्य अघि बढाइसकेको बताउँदै हालको आचारसंहितामा परिमार्जनको आवश्यकता देखिएकाले समय सापेक्ष बनाउन पुनरवलोकन गर्न लागेको बताउनुभएको उल्लेख गरिएको छ ।
त्यस्तै युनियनका बरिष्ठ उपाध्यक्ष दिपक आचार्यको नेतृत्वमा रहेको प्रतिनिधीमण्डलले मिडियासम्बन्धी नीति, नियम, ऐन, कानुन बनाउँदा आफ्नो संगठनले काउन्सिललाई सहयोग गर्ने बताउँदै पत्रकारको परीक्षा प्रणालीका सन्दर्भमा लामो बहस गर्नुपर्ने विचार राख्नुभएको थियो भने महासचिव अजयवावु शिवाकोटीले अनलाइन, रेडियो तथा टेलिभिजन पत्रकारिताको अनुगमन र त्यसको वर्गीकरणमासमेत ध्यान दिनुपर्ने बताउनुभयो ।
छलफल कार्यक्रममा युनियनका उपमहासचिव भिष्मराज ओझा, कोषाध्यक्ष सरोज अधिकारी, केन्द्रीय सदस्यहरु राजाराम कार्की र रमेश वाग्ले दिलिपाश्री अधिकारी लगायतले सदस्य–अध्यक्ष नियुक्तिदेखि नै काउन्सिलको पुनर्संरचना गर्नेपर्ने, साना लगानीका मिडियालाई प्राथमिकतामा राखिनुपर्ने, चोरी पत्रकारिता गर्ने पत्रकारलाई दण्डित गरिनुपर्ने, आचारसंहिता परिमार्जन गर्दा नेपाल पत्रकार महासंघ लगायत सरोकारवालाहरुसँग छलफल गर्नुपर्ने, वर्गीकरण मापदण्ड बैज्ञानिक बनाउनु पर्नेजस्ता सुझाव दिनुभएको उल्लेख गरिएको छ ।फोटो :presscouncilnepal

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु