बुधबार, बैशाख १२, २०८१

माओवादीद्दारा सरकारको आलोचना, पक्राउ कार्यकर्ता रिहा गर्न माग

काठमाडौ श्रावण ३०, नेकपा–माओवादीले सरकारले शान्तिपूर्ण विरोध गर्न पाउने जनताको मौलिक अधिकारमाथि प्रहार गरेको सरकारको images (3)तिव्र आलोचना गरेको छ । केन्द्रीय सदस्य पार्वती थापासहित १४ जनालाई आज प्रहरीले पक्राउ गरेको भन्दै यस्तो आलोचना गरेको हो ।

साथै माओवादी प्रवक्ता पम्फा भुसालले आज जारी गर्नुभएको विज्ञप्तिमा काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा माइकिङ गरिरहेको अवस्थामा पक्राउ गरिएका केन्द्रीय सदस्य थापासहित १४ जना कार्यकर्ताका तत्काल रिहाइको माग गरेको छ ।