बिहिबार, बैशाख १३, २०८१

महासंघले भन्यो- चरित्र हत्या गर्ने जस्ता नियोजित तथा विधान र आचारसंहिता विपरित गतिविधि नर्गनु

इमेज एफएम प्रकरण: 

काठमाडौं श्रावण १८, नेपाल पत्रकार महासंघले आज एक प्रेस वित्रप्ति जारी गर्दै इमेज एफएममा कार्यरत पत्रकार सन्दिप योगीमाथि release 18 saunअख्तियार दुरुपयोग अनुसन्धान आयोगको गेटमा केही दिनअघि भएको आक्रमण र सोही घटनालाई लिएर उक्त एफएमबाट हटाइएको विषय र तत्तपश्चातको घटनाक्रमको निरन्तर अनुगमन गरिहेको जनाएको छ ।

साथै महासंघका महासचिव उजिर मगरद्दारा जारी विज्ञप्तिमा घटनासम्बन्धी यथार्थ बुझ्न महासंघबाट तत्कालै छानबिन समिति गठन भएको र सो समितिले आफ्नो काम गरिरहेको उल्लेख गर्दै पत्रकार योगीको पुनस्थापनाका लागि वातावरण मिलाएको पनि प्रारम्भिक जानकारी प्राप्त भएको जनाउएको छ ।

त्यस्तै गरि विज्ञप्तिमा इमेज एफएमकको घटनाक्रममका विषयलाई अन्यन्त्र मोडी यसवीचमा महासंघका अध्यक्ष तथा इमेज च्यानलका समाचार प्रमुख डा. महेन्द्र विष्टलाई लाञ्छित गरी भैरहेको हर्कतप्रति पनि महासंघ गम्भीर भएको छ । महासंघले त्यहाँस्थित प्रतिष्ठान शाखा र व्यवस्थापन पक्षसँग छलफल गर्दा अध्यक्ष विष्टमाथि चरित्र हत्या गर्ने केही व्यक्तिहरू नियोजितरूपमा लागिरहेको बुझिन आएकोले इमेज व्यवस्थापनलाई तत्काल समस्या समाधान गर्न एवं सम्बन्धित व्यक्तिलाई महासंघको विधि–विधान तथा आचारसंहिता पालना गरी अनुशासनभित्र बस्न सचेत गराउँनुको अवाला विधान र आचारसंहिता विपरित गतिविधि कायम रहे महासंघ कठोररूपमा उत्रिन बाध्य हुने समेत स्पष्ट गरेको छ ।