शुक्रबार, चैत्र १६, २०८०

महानगरको भित्री सहरी क्षेत्रबाट एकीकृत बस्ती विकास गरिने

एकीकृत बस्ती विकास लागि बाट कामपा र भूकम्प प्रविधि राष्ट्रिय समाजवीच सम्झौता

 काठमाडौ भाद्र १२,  भूकम्प प्रतिरोधात्मक तथा सुरक्षित भवन निर्माण एवम् एकीकृत बस्ती विकास गर्नका लागि काठमाडौँ महानगरपालिका र भूकम्प प्रविधि 11951894_1625816434344535_4458592914303367667_nराष्ट्रिय समाजबीच शुक्रवार सम्झौता भएको छ । प्रस्तुत सम्झौता अनुरुप समाजले गत बैशाख १२ को महाभूकम्पपछि जोखिममा रहेका घर तथा संरचनालाई सुरक्षित तरिकाले भत्काएर उपयुक्त बस्ती निर्माण गर्न प्राविधिक दृष्टिकोणबाट महानगरपालिकालाई सहयोग गर्ने तथा महानगरको भित्री सहरी क्षेत्रबाट एकीकृत बस्ती विकासको कार्य सुरु गरिने लगायतका प्रावधान रहेको छ ।

त्यस्तै सम्झौतापत्रमा हस्ताक्षर गर्दै कार्यकारी अधिकृत तामाङले महानगरवासीलाई सुरक्षित बसोबासको व्यवस्था गर्ने दायित्व आफ्नो संस्थाको भए पनि प्राविधिक विशेषज्ञताको खाँचो पूरा गर्न समाजसँग सहकार्य गरिएको बताउनुभएको थियो ।  सम्झौतापत्रमा महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङ र समाजका कार्यकारी निर्देशक आमोदमणि दीक्षितले सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो