बिहिबार, बैशाख १३, २०८१

भैरहवामा बन्दकर्ता र प्रहरीवीच झडप,तोडफोड र आगजनी पछि निषेधाज्ञा आदेश जारी

लुम्बिनी भाद्र ३,  संयुक्त मधेसी मोर्चा र थरुहट सङ्घर्ष समितिले आह्वान गरेको तराई बन्दका कारण रुपन्देहीको सदरमुकाम भैरहवा अहिले तनावग्रस्त छ । आन्दोलनमा उत्रिएका बन्द आह्वानकर्ता शान्तिपूर्ण आन्दोलन छाडी तोडफोड र आगजनीमा उत्रिएपछि भैरहवाको fc85473c33617425f5ce94fcba194377स्थिति तनावपूर्ण बनेको हो । बन्दकर्ताले भैरहवाका विभिन्न स्थानमा तोडफोड र आगजनी गरेका छन् ।

आन्दोलनकारीले भैरहवाको सिटी हस्पिटलसहित आधा दर्जनभन्दा बढी होटल र बसमा तोडफोड गर्नुका साथै मोटरसाइकल जलाएको प्राप्त समाचारमा उल्लेख रहेको छ ।

प्रदर्शनकारीको अराजकता बढेपछि । रुपन्देहीको बेलहियामा प्रहरीले अश्रु ग्यास प्रहार गरेको र आन्दोलनमा दुईजना गम्भीर बाँकी आधादर्जन आन्दोलनकारी घाइते भएको बुझिएको छ ।

 यसैवीच  भैरहवामा भएको प्रहरी प्रदर्शनकारीवीचको झडप पछि जिल्ला सुरक्षा समितिको बैठक पछि स्थानीय प्रशासनले शुक्रबार बिहानसम्मका लागि निषेधाज्ञा आदेश जारी गरेको छ ।

जारी आदेश अनुसार विहीवार राति ८ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको जनाउँदै सदरमुकाम भैरहवाको पूर्वमा वसन्तपुर, पश्चिममा एयरपोर्ट, उत्तरमा पडसरी र दक्षिणमा बेलहिया नाकासम्म जारी रहेने स्थानीय प्रशासनलाई उदृत गर्दै प्राप्त समाचारमा उल्लेख रहेको छ ।