शनिबार, बैशाख ८, २०८१

भारदहमा कर्फ्यू आदेश जारी

काठमाडौं भाद्र  १,  जिल्ला सुरक्षा समितिको बैठकले सप्तरी भारदहमा बन्दकारी  र प्रहरीबीच झडप हुँदा भारदह–१ का राजीव राउतको मृत्यु भएपछि चर्किएको आन्दोलन सीमाभन्दा बाहिर गएको भन्दै स्थानीय प्रशासनले कर्फ्यू जारी गरेको छ। भारदह क्षेत्रको चार किल्ला क्षेत्रमा आज दिउँसो ४ बजेदेखि बुधबार बिहान ५ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । सिमाङकको विरोधमा भएको प्रदर्शनका क्रममा गोली लागेर सप्तरीको भारदहमा राउतको bhAR DHAHमृत्यु भएपछि थप झडप हुन सक्ने भन्दै स्थानीय प्रशासनले सो क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो ।

  जारी निषेधाज्ञा अनुरुप भारदहको पूर्वमा कङ्कालनी मन्दिरदेखि ५०० मिटर, पश्चिममा भारदह टेम्पु स्ट्यान्डदेखि ५०० मिटर, उत्तरमा पोर्ताहाको गाविस भवन हटिया लाग्ने स्थानसम्म र दक्षिणमा सखरदही नहरपुलदेखि ३०० मिटरसम्मको क्षेत्र तोकिएको र यसवीचमा अत्यावश्यक सेवाका सवारीसाधन चलाउनु परेमा वा घरबाहिर निस्कनु परेमा सुरक्षा निकायसँग अनुमतिपत्र लिएर मात्र हिँड्डुल गर्नसमेत आग्रह गर्दै त्यसवाहेकका समयमा घरबाहिर ननिस्कन, कुनै सवारीसाधन नचलाउन र बाहिर हिँड्डुल नगर्न स्थानीय प्रशासनले सबैसँग आग्रह गरेको छ ।