बिहिबार, बैशाख १३, २०८१

भारत विरुद्ध नेपाली टोलीको घोषणा

काठमाडौ श्रावण ३०, आगामी भाद्र १५ गते भारतको पुणेमा हुने मैत्रीपूर्ण खेलका लागि एन्फाले ३० सदस्यीय प्रारम्भिक राष्ट्रिय टोलीको  आज घोषणा गरेको छ ।  घोषित टोली अन्र्तगत गोलरक्षकमा किरणकुमार लिम्बू, रितेश थापा र विकेश कुथू रहेका छन भने रक्षकमा क्रमस विराज महर्जन, रोहित चन्द, सागर थापा, सन्दीप राई, रञ्जित धिमाल, अनन्त तामाङ, आदित्य चौधरी, अजित भण्डारी, रवीन श्रेष्ठ र जीतेन्द्र कार्की रहेका छन् ।

त्यस्तैगरि मध्यपङ्क्तिका खेलाडिमा क्रमस विक्रम लामा, विशाल राई, भोलानाथ सिलवाल, जगजित श्रेष्ठ, सुशील केसी, श्याम नेपाली, राजु तामाङ, हेमन्त थापा मगर र विश्वास श्रेष्ठ र ग्रपङ्तिका खेलाडीमा जुमानु राई, अनिल गुरुङ, रञ्जन विष्ट, अञ्जन विष्ट, भरत खवास, नवयुग श्रेष्ठ, विमल घर्ती मगर र भरत शाहले रहने एन्फाले जनाएको छ ।